‘दोबाटे’ ले सय भाग पुरा गर्यो
मोरङ, ३ मंसिर
मोरङको पथरीशनिश्चरेमा निर्माण भएको हाँस्यटेलिश्रृंखला ‘दोबाटे ले आफ्नो प्रसारणको सय भाग पुरा गरेको छ ।
एनपीएल मिडिया प्रालिले हिमशिखर टेलिभिजनमा प्रत्येक विहिवार राती ८ः३० बजेदेखि प्रसारण हुँदै आएको दोबाटेले आफ्नो २ वर्षको यात्रा पुरा गरेकोमा दर्शक, कलाकार, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, सञ्चारमाध्यम सहित सम्पूर्ण पक्षलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सय भागको अवसरमा नेपालका प्रसिद्ध नायक राजेश हमाल, विशिष्ट लोकगायक एलपी जोशी, हाँस्यकलाकार जितु नेपाल, दीपाश्री निरौला सहितका ख्यातिप्राप्त कलाकारहरुका साथै विदेशमा रहेका नेपालीहरुले समेत दोबाटेको निरन्तर यात्राको शुभकामना व्यक्त गरेका छन् ।
सीमित साधन र स्रोतका बाबजुद ग्रामिण क्षेत्रबाट निरन्तर १ सय भागसम्म टेलिश्रृंखला प्रसारण हुनु पूर्वका लागि ऐतिहासिक काम भएको दर्शकको प्रतिक्रिया छ ।
दोबाटे समूहले विराटनगर, इटहरी, सुन्दरदुलारी, पथरीशनिश्चरे, उर्लाबारी, दमक क्षेत्रका दर्शकहरुसँग सल्लाह, सुझाव सहितको प्रतिक्रिया लिएर सय भागको कार्यक्रममा समावेश गरेको छ । प्रतिक्रिया दिने दर्शकलाई ‘दोबाटे’ लेखेको टीसर्ट उपहार प्रदान गरेको छ ।
(जानकारी इस्वर दुलाल बाट)
‘दोबाटे’ ले सय भाग पुरा गर्यो
05Dec2016
Post a Comment