April 13, 202504:41:06 PM

यदि त्यो ठाउँमा स्वास्थ्य सँस्था भएको र रगत दिन सकिएको भए ३ बर्षीय छोरा र भर्खरै जन्मेकी छोरीलाई छोडेर सुबमयाँ जानुपर्ने थियन।

यदि त्यो ठाउँमा स्वास्थ्यसंस्था भएको र रगत दिन सकिएको भए ३ बर्षीय छोरा र  भर्खरै जन्मेकी छोरीलाई  छोडेर सुबमाया जानुपर्ने थियन।
- बिष्णु गौतम

हार्दिक श्रद्धान्जली सुबमयाँ !!

यो  तस्वीर  मैले  करिब २ वर्ष अगाडी  तौशिलिंग (  कान्दा जाने बाटो ) मा  खिचेको  हो।  त्यतिबेला यो तस्वीरमा देखिएकी महिला   भर्खर  सुत्केरी थिईन  , उनको  घरमा  खासै खाद्यान्नको जोहो देखिदैनथ्यो उनकी सासु सुत्केरी बुहारीलाई  भुटेको मकै खान्छेउ?  भनेर सोध्दै  थिइन्।
उनीहरुको  त्यहि अबस्थाको  फोटो खिचेकेपछी मैले  शिशु जन्मान्तर बारे   सुझाव  गरेको थिए।  उनको पति  मंगल बहादुर    कान्दा  रुपान्तर अभियान मार्फत  गाउँमा भैरहेका गतिविधिमा  सक्रिय भएकाले ,उनलाई   घर बनाऊ, त्यसको सबै खर्च  लक्ष्मी प्रतिष्ठानले  बेहोर्छ  भनेर  सुझाव दिएको थिएं , तर  उनले  पहिले  अरुको घर बनि  सकियोस म  अलि पछि बनाउँछु  भनेर  सन्तुष्टि व्यक्त गरेका थिए ।। ( जतिसुकै गरिब भएपनि  कन्दालिहरु  पहिले अरुको राम्रोहोस चाहन्छन )  उसको यो सन्तुष्टिले हाम्रो  मनास पटलमा उनीहरु प्रति  अझ सम्मान   बढेको थियो। 
हामी जति पटक जाँदा पनि  उनीहरुको आँगन बाटै जानु पर्छ   बाटैमा भएकाले प्राय जसो   हामी उनीहरु संग  बोल्छौ  पनि  , उनीहरु  अनुहार  ढाकेर  हाँसेर  सत्कार  गर्ने गर्छन। 
आज  बिहान  ७ बजे   बालकृष्ण थपलियाज्युको  (प्र अ कान्देश्वारी रा प्रा वि  ) कल आयो  एकै सासमा  उहाँले  भन्नु भयो  स्रर  मंगल सिङ्ग कि  श्रीमती बच्चा पाउन साथ्   वितिन !!!  अस्पताल  नलागेको ? मैले   सोधे।
  उहाँले  भन्नु  भयो , लाग्दा लाग्दै बाटैमा  वितिन !  १ घन्टाको बाटो मात्र  झरेका  थियौं !!
मेरो दिमाग सन्न गर्यो। … कान्दा  रुपान्तारानाकालागी आफ्नो प्रयाश  र विवसता मा सम्झीएं  ! आफुले  आफैलाई धिक्कारे !  मैले  कति पटक   यस्तो ठाउँमा  स्वास्थ्य सेवा प्रदान गर्नका लागि  एउटा क्लिनिक सुरु गर्नु पर्यो सहयोग  गर्नुहोस भन्यौ कुनै निकायले   सुनेनन ।   हेल्थ  फर नेपाल बाट   व्यवस्था गरिएका  सम्पूर्ण सामाग्रीहरु होस्टेलमा लगेर राखेका छौ  सरकारी  सहयोग बिना स्वास्थ्य  जस्तो   संवेदनशील कुरामा हामी बलपूर्वक  गर्न  सक्दैनौ।
तर अजचाही मैले गुनासो गर्दा ,   चितवन  जन स्वास्थ्य  प्रमुखले छिट्टै  ब्यबस्था मिलाउने  वचन दिनु भएको छ ।
आज ३ बर्षीय छोरा र  भर्खरै जन्मेकी छोरीलाई  छोडेर  ( छोरीलाई जन्म  दिनासाथ )  अत्यधिक रक्तश्राव का कारण      २१ बर्षीय युवती ( हाम्रो   नातिनी पुस्ताले ) अकालमा  ज्यान गुमाउनु परेको छ। यदि त्यो ठाउँमा स्वास्थ्यसस्था  भएको र  रगत  दिन सकिएको भए  उनको मृत्यु हुने  थिएन।
यतिबेला हामि दिवंगत
व्यक्त गर्दै  अन्जन बाबुले गाउनु भएको मर्म श्पर्शी गीत  चरी लैजा समाचार.............सुनेर ..!!!! विश्म्रित तथा स्तब्ध छौ।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.