!!!सुचना!!सुचना!!सुचना!!सुचना!!! सबै साहित्य अनुरागी मित्रहरुका लागि सहभागिता मुलक सुचना !

!!!सुचना!!सुचना!!सुचना!!सुचना!!!
   सबै साहित्य अनुरागी मित्रहरुका लागि सहभागिता मुलक सुचना !

साहित्य समाजको प्रष्ट दर्पण हो । साहित्य दुख,सुख बोल्छ,न्याय,अन्याय बोल्छ,कुस्सकार कुरिती अन्धबिश्वा जस्ता कुराको दरिलो कलात्मक ढङ्ग बाट उठान गर्छ । जुन चिजले समाजमा सकरात्मक परिवर्तन मा अहम भुमिका खेल्दछ !!

सोही अनुरुप साहित्यको जगेर्ना गर्न र साहित्य मा लाग्नु हुने सर्जक र नब सर्जक का लागि साहित्यिक रचनात्मक सिर्जना पोख्ने अबसर जुटाउने प्रयास रहेको छ र नया प्रबिधिको प्रयोग गर्दै सामाजिक सन्जाल मार्फत यो गतिबिधी सन्चालन गर्दैछौ !!
त्यसैले हामिले विभिन्न सस्थाहरु सग सहकार्य गरेर बार्षिक कार्य तालिका अन्तर्गत त्रैमासिक रुपमा विविध साहित्यिक गतिविधि ल्याएका छौ , जो अभियान का लागि सम्पुर्ण साहित्यिक मनहरुको उपस्थिति रहनेछ यो बिश्वास लिएका छौ !!

             त्रैमासिक गतिविधि ,,
अन्तर्गत !!!

१. खुल्ला गजल लेखन प्रतियोगिता-२०७३

यो बिधा अन्तर्गत रहेर स्वतन्त्र गजल हरु प्रतियोगितामा रहनेछ,यो पौष २२ गते देखि चैत २२ गते सम्म सन्चालनमा रहनेछ !
प्रतियोगिता नकआउट चरणले अगाडि बढाइने छ । प्रतियोगितामा तीन महिना भरिका हप्तामा सहभागी प्रतियोगी हरु आफ्ना गजल नदोहोर्‍याही राख्नेछन । र प्रतियोगिता बाट बाहिरिएका सहभागिहरुको गजल मान्यहुने छैन!!

#प्रतियोगीले पालना गर्नु पर्ने तथा सहभागी गजलहरुमा हुनुपर्ने नियमहरु:-
१.नेपाली भाषामा लेखिएको हुनुपर्नेछ !
२.आफ्नो मौलिक र आफ्नो सिर्जना बाट शृजित आफ्नै गजल हुनुपर्नेछ !
३.कसैको नक्कल गरिएको अथवा copy pest भएको रचना मान्यहुने छैन र स्वतह अप्रतियोगी हुनेछ !
४.कसैको मानहानी एवम् प्रतिष्ठामा आच पुग्ने शब्दहरु प्रयोग हुनुहुने छैन !
५.अश्लील तथा भद्र अर्थ दिने हुनु हुदैन !
६.सामान्यतया गजल बिधामा आधारित गजल हुनुपर्नेछ गजल नभएका रचनाहरु प्रतियोगितामा सहभागी गराइने छैन !
६.प्रतियोगीहरु छनोट चरण पार गरि सके पछि नियमित अघिल्ला चरण मा जानेछन !
७.कुनै एक शृङ्खलामा प्रतियोगीको गजल आउन नसकेमा उ स्वतह बाहिरिने छ !
८.छनोटमा पर्दै जानुहुने प्रतियोगी मात्र अन्य चरणमा भाग लिनुहुनेछ र अरु मित्रहरु प्रतियोगिता बाट बाहिरिनु हुनेछ !
९.कुनै पनि रचनाको निर्णय निर्णायक को निर्णयमा निहित रहनेछ !
१०.कुनै बिबाद आएको खण्डमा आयोजकको निर्णय अन्तिम हुनेछ !

गजल प्रतियोगिताका निर्णायक मण्डल
संयोजक:-भुपेन्द्र शर्मा भट्टराई गडर्षी
सदस्य :-गोबिन्द राज बिनोदी
सदस्य :-सुर्य प्रसाद भट्टराई पल्लबी

प्रतियोगितामा बिजेता हुनुहुने बिजेताहरुका लागि निम्न पुरस्कारको व्यवस्था गरिएको छ !
१.प्रथम पुरस्कार :-
-नगद १५००
-प्रमाण पत्र
-पुस्तकमा जिवनी सहित
दुई रचना प्रकासन !

२.द्दितिय पुरस्कार :-
-नगद १०००
-प्रमाण पत्र
-पुस्तकमा दुई रचना प्रकासित

३. तृतीय पुरस्कार :-
-नगद ५००
-प्रमाण पत्र
-पुस्तकमा दुई रचना प्रकासन
साथै उत्कृष्ट टप २० भित्र पर्न सफल प्रतियोगिहरुको एक एक रचना फोटो सहित पुस्तकमा प्रकासन हुनेछ !!
नोट:खुल्ला गजल लेखन प्रतियोगिता २०७३ पछि खुल्ला कबिता लेखन कार्यक्रम संचालन हुदैछ !!

गजल पोस्ट गर्नु पर्नेछ यसै सुचनाको कमेन्टमा जुन आधिकारिक पेजमा पेज रहेकोछ # समता अन्लाईन साहित्य समाज # को पेजमा आइपुग्नु पर्ने मिति २०७३/०९/२९ गते शुक्रबार बिहान १२ बजे सम्म नतिजा यसै पेजमा शनिबार प्रकासन गरिनेछ !!

आयोजक
@नव युवा साहित्य मञ्च-NYSM
@मन्जरी पत्रीका,नवलपरासी ।
@समता अन्लाईन साहित्य समाज
@DAD Nepal-kawasoti

थप जानकारिका लागि
#kb_sharma
#bimal_adhikari_sba
#suman_lamsal
facebook
तथा अन्य सुचनाका लागि
समता अन्लाईन साहित्य समाज पेज हेर्नू होला ।
साथै सहयोग तथा सुझाव का लागि
भोजराज भुर्तेल किरण
००९७७९८५७०४११७९

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.