भिजन र मिसन सहितको नेत्रृत्व नपाएको मेरो देशमा खेर गैरहेको छ प्राकृतिक स्रोत ।
यति धेरै प्राकृतिक साैन्दर्य भएपनि मानसिक कुरुपताले भरिएकाे छ मेरो देश। स्वर्गकाे एक टुक्रा झैं लाग्ने सुन्दर नेपालको सोलुखुम्बुको पातालेबाट देखिएको एक दृश्य हो यो, भिजन बनाउने हो भने यो विश्वकै टप टुरिजम सिटी बन्छ जहाँ म वार्षिक खर्ब डलरको आम्दानी देखिरहेछु , साइड सिनको लागी हिमालको फेदिमा केवलकार स्टेशन जहाँबाट केवलकार छुट्छ हिमालको झन्डै छेउ छेउ भएर आँखा अगाडी झल्झली हिमाल हेर्दै केवलकारमा यात्रा गर्दा कुन विदेशी पर्यटकले स्वर्ग भनेकाे यही रहेछ भन्दैन होला ?
अनी यो सिटीको वरिपरी सुरुङ, फ्लाई ओवेर, पहाडको माथिबाट अर्को पहाडलाई नै जोड्न मिल्ने कन्सेप्ट सहितको चार देखी छ लेनको डिजाईनिङ बाटो सिटीभित्र विश्वकै अग्लो टावर टावरको टपमा विश्वकै फेमस रेस्टुरेन्टहरु हिमाललाई राती पनि झिलिमिली बनाउने राती टावरको टपबाट झिलिमिली हिमाल हेर्दा को पो पागल हुँदैन होला र ? ?
अनी सिटीभित्र फाईभ स्टार थ्री स्टार होटेलहरु
पब क्लबहरु बिभिन्न देशका टिपिकल रेस्टउरेन्ट हरु,
सपिङ मल कोम्प्लेक्स हरु,नेपालीपन झल्किने स्टोर हरु,सिटीभित्र हरेक बाटोहरु चार लेनको,बाटोको साइडमा अनिवार्य रु,बिजुली पानी र गस अन्डेरग्राउन्ण
सिटी वरिपरी रैल मेट्रो रैल,फिक्स बस स्टेसन, सरकारी बसहरु,यात्रुको लागि मासिक बस कार्डको व्यवस्था
सिटीमा पर्यटकको लागि एक्ससैइटिङ गेमहरु, काठमान्डौबाट त्यहाँसम्म पुग्न अन्डरग्राउन्ण रैल
पहाड माथी माथी नै बाटो र सुरुङमार्ग हुँदै छ लेनको बाटो,बाटो कर उठाउने डिजिटल प्रबिधिबाट
दुर्घटना मोनिटरिङ्ग सब डिजिटल सिसिटिभी बाट
यस्तो सिटी बनाउन अरबौ खर्च हुन्छ होला तर
विश्वभरि राम्रो प्रचार गर्ने हो भने बार्सिक खर्ब डलर आउछ।
१० ओटा विश्व स्तरिय टुरिजम सिटी बनाउने हो भने पनि नेपाल विश्वको सबभन्दा धनी देश बन्छ। तेसैले अब भाषण हैन भिजन चाहियो मात्र हामीलाई बिकासित नेपाल चाहिएको छ।
- कुमार कट्टेल (जिग्री)
Post a Comment