स्व. जीवन कुमार तामाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न |

स्व. जीवन कुमार तामाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न |

आज मिति २०७३/१०/१७ गतेका दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्युको सभापतित्वमा, जिल्ला बिकास समिति चितवनका स्थानीय विकास अधिकारी श्री श्रवण कुमार पोखरेलज्युको प्रमुख आतिथ्यमा तथा जिल्ला बिकास समिति चितवनका योजना प्रमुख श्री प्रकाश चन्द्र पौडेलज्युको बिशेष आतिथ्यमा चितवन सेवा समाज कुबेत, चितवन समाज इजरायल र चितवन सेवा समाज साइप्रसको संयुक्त  सहयोगमा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल द्वारा स्व.जीवन कुमार तामाङको श्रीमती जुनकिरी पाख्रिनज्युलाई रु १,०२,५००/ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो |
सो कार्यक्रममा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका सल्लाहकार श्री बालकृष्ण पौडेलज्यु, चितवन युवा समुह दोहा कतारका अध्यक्ष श्री भूमिराज कार्कीज्यु,समाजसेवी श्री निर्मला सापकोटाज्यु, सस्थाका पदाधिकारीज्युहरु लगायत पत्रकारहरुको  उपस्थिति थियो   |
लमजुङ जिल्ला बन्सार गा.बि. स.३ निवासी स्व. जीवन कुमार तामाङ बिगत केहि समय देखिनै मुटु र फोक्सोको समस्या बाट पिडित हुनुहुन्थ्यो सोहि कारण गत पुस १२ गतेका दिन चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो | मृतकको पारिवारिक अवस्था निकै कमजोरी रहेकोले सेवा नै धर्म हो भन्ने कथनलाई आत्मसाथ गर्दै चितवन सेवा समाज कुबेतद्वारा रु ५०,००० , चितवन समाज इजरायलद्वारा रु ३०,००० र चितवन सेवा समाज साइप्रस द्वारा रु २२,५०० जम्मा रु १,०२,५०० आर्थिक सहयोग रकम प्रमुख अतिथि श्री श्रवण कुमार पोखरेलज्यु बाट स्व.जीवन कुमार तामाङको श्रीमती जुनकिरी पाख्रिनज्युलाई हस्तान्तरण गर्नुभयो | सामाजिक परोपकारी कार्यको लागि सहयोगी सस्थाहरुलाई बिशेष धन्यवाद सहित मृतकको चिर शान्तिको कामना गर्दै श्रीमती जुनकिरी पाख्रिनलाई साहस र धर्यताका साथ अगाडी बढ्नको लागि प्रमुख अतिथि श्री श्रवण कुमार पोखरेलज्युले आग्रह गर्नुभएको थियो |

कार्यक्रम सस्थाका उपाध्यक्ष श्री बिश्व नाथ सापकोटाज्युले संचालन गर्नुभएको थियो भने स्वागत मन्तब्य सदस्य श्री राम बाबु थापाज्युले दिनुभएको थियो | सहयोगी सस्थाहरु तथा उपस्थित अतिथि लगायत सम्पूर्णलाई बिशेष धन्यवाद व्यक्त गर्दै  आगामी दिनहरुमा पनि सस्थाले सामाजिक परोपकारी कार्यमा सदैब अग्रडी भूमिका निर्वाह गर्ने विश्वास राख्दै सस्थाका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारीज्युले प्रमुख अतिथि र बिशेष अतिथिज्युलाई मायाको चिनो हस्तान्तरण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो |

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.