धेरै बर्ष पछि यस पाली जन्मभुमि नेपाल आएको मौका पारी आदरणिय दिदी Saroj D Prajapati सपरिवार हाम्रो पवित्र समाज सेवा नेपालको आँगनमा आउनु भएकोमा हार्दिक आभारी छु ।
साथमा हाम्रा छोरा छोरीहरुको शैक्षिक सहियोगको लागि अमेरिकामा रहेको परोपकारी संस्था Nepa Pasa Pucha को तर्फबाट प्रप्त सहयोग Rs.2,00,000/- पनि लिएर आउनु भयो । Nepa Pasa Pucha का सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी, सम्पुर्ण सदस्यहरु प्रति हार्दिक आभारी छु । Saroj दिदीले आगामी दिनहरुमा पनि शैक्षिक सहयोग रहि रहने मिठो बचन बद्धता दिएर जानु भो ।
अहिले हाम्रा २२ जना छोरा छोरीहरु कक्षा नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गर्न Boarding School जान्छन भने अब आउदो शैक्षिक शत्र देखि थप ४ जना सहित २६ जना विधालय जाने छन ।
दिक्षा बैनि उतार चढावहरु आउछन जान्छन, सेवामा निरन्तर लागि रहु भन्दै हामीलाई आगामी दिनहरुमा थप दिन दुःखीहरुको सेवा गर्नको लागि हौषला दिनु भो । यहि त मन हो । यहि त सहयोग हो । हजुरहरुको त्यो मनमा कहिल्यै खडेरी नपरोस । हामी सबै मिलेर जिवन छउन्जेल सहयोग र सदभाव राख्न सकौ । बाँच्न आँट दिन सकौ ।
विशेष धन्यवाद छु दिदी प्रति ।
-दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल , फोन ः ९८५१०६००८६
Post a Comment