विद्यालय एनआरएन युएईका उपाध्यक्ष नेत्रनारायण थनेतले २ वटा कम्प्यूटर सहयोग प्रदान गर्ने
-सन्त कुमार चौधरी,चितवन
पदमपुरकै जेठो विद्यालय श्री निम्न माध्यमिक विद्यालय ढेढौलीलाई एनआरएन युएईको तर्फ बाट उपाध्यक्ष नेत्रनारायण थनेत द्वारा २ वटा कम्प्यूटर सहयोग प्रदान गर्ने खबरले अत्यन्तै खुशी भएकाछौं । पदमपुरकै जेठो विद्यालयमा खानेपानीको समेत समस्या छ । थारु र दलित समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी एवम् शिक्षकहरु ६ महिना सम्म पानी पिउन निकै सास्ती भोग्नुपर्छ । गर्मी बढेसँगै पानीको हाहाकार हुने गर्दछ । यो विद्यालयले ठूलठूला व्यक्तिलाई जन्म दिएको छ । यो स्कुल पढेका विद्यार्थीहरु, प्रध्यापक, डाक्टर, इञ्जीनियर, जस्ता माथिल्लो ओहदामा पुगेर नेतृत्व लिन सक्षम भए, तर विद्यालयले खानेपानीको संकट बेहोर्दैछ । प्रविधियुक्त विद्यालय बनाई, जिल्लाकै उत्कृष्ठ विद्यालय बनाउने हाम्रो प्रयास अन्तर्गत युएईबाट विद्यालयका लागि २ कम्प्यूटर सहयोग गर्नुहुने NRNA का सम्पुर्ण टीम तथा आदरणीय नेत्र दाजु थनेत प्रति हार्दिक आभार व्यक्त गर्दछौं । केही दिनपछि कम्प्यूटर लिएर उहाँ आफै विद्यालय पुग्नुहुने खबरले हामी अत्यन्तै खुशी छौं ।
Post a Comment