लाली गुराँस फाउन्डेसन नेपालले एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक संकलन अभियान संचालन गर्ने

लाली गुराँस फाउन्डेसन नेपालले गर्यो कार्यसमिति को विस्तार .......
महेश कार्की कतार
माघ १६ आइतबार
लाली गुराँस फाउन्डेसन नेपालले कार्यसमिति विस्तार गरेको छ | दैबी प्रकोप, शिक्षा, स्वास्थ्य,  सरसफाई, अनाथ, असाहाय अपांग, महिला तथा बालबालिकाको बिकाश, आदिबासी जनजाती दलित उत्पीडित, जैविक विविधता लगायत का क्षेत्रमा कार्य गर्ने हेतु ले सस्थापित भएको लालीगुराँस फाउन्डेसन नेपाल आज भन्दा केहि महिना अगाडी औपचारिक कार्यक्रम गरि संचालक समिति गठन गर्दै फाउन्डेसनको बिस्तार भएको थियो |
आजसम्म संचालक समितिले फाउन्डेसनको सम्पूर्ण कार्यगर्दै आएको थियो भने अब फाउन्डेसनलाई बिस्तृत  रुपमा  लैजानका लागि कार्यसमितिको पनि आवस्यक पर्न गएकोले कार्यसमिति विस्तार गरेको बताउछिन  फाउन्डेसनकि संचालक समितिकि अध्यक्ष लक्ष्मी न्यौपाने | नवगठित कार्यसमितिको संयोजकमा गोपाल न्यौपाने रहने गरि १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ जसमा संयोजक गोपाल न्यौपाने(चितवन), सह-संयोजक हर्क बहादुर खड्का (हिमाल) (दाङ), सचिब प्रकास सुबेदी (चितवन), सह-सचिब महेश कुमार कार्की (मोहन) (बाजुरा), कोषाध्यक्ष सुदिप पोखरेल (मोरंग), सह-कोषाध्यक्ष रामदास भुर्तेल (पोखरा), सदस्य सुरेश कुमार सिंह कोइरी (सिरहा), सदस्य सर्मिला लामा (चितवन), सदस्य रमेश बयलकोटी (गोरखा), सदस्य श्याम कुमार डी. सी. (बाके), सदस्य मिन सिन्तांग (सर्लाही), सदस्य रुद्र शर्मा (खोटांग), सदस्य राजु उप्रेती (काठमाण्डौ) रहेका छन् | फाउन्डेसनको सल्लाहकार प्रमुखमा हब खड्का, सल्लाहकार सदस्य नेत्र न्यौपाने सल्लाहकार सदस्य तारा घिमिरे ,सल्हाकार सदस्य  आश बहादुर  गुरुङ रहेका छन |
चितवन स्थित हर्क-आत्मानिर्भर अनाथआश्रममा रहेका अनाथ बालबालिकाहरुलाई स्टेसनरी सामाग्री वितरणगरेर समाज सेवाको क्षेत्रमा पाइलाटेकेको फाउन्डेसनले नेपाल भरि लक्षित पार्ने हेतु राख्दै एम्बुलेन्स सेवा सुचारु गर्नकालागी आर्थिक संकलन अभियान चलाउने तयारि गरिरहेको फाउन्डेसन संचालकसमितिकि अध्यक्ष लक्ष्मी न्यौपानेले जानकारी दिनु भएको छ |
नवगठित कार्यसमितिको पहिलो बैठकले एम्बुलेन्स सेवा संचालनका लागि आवस्यक रकम जुटाउन आर्थिक संकलन अभियान संचालन गर्ने निर्णय गरेको बताउछन् कार्यसमिति संयोजक गोपाल न्यौपाने |

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.