हाम्रो लागी हरेक पल यति धेरै महत्वपुर्ण हुन्छ कि, हामि त्यसलाई सम्झन लायक बनाउने दौडमा दौडन्छौ । यहि दौडमा अमेरिका बस्नुहुने एक नेपाली परिवारले पनि आफ्नो सुखद बैबाहिक जिबनका लागी सामाजिक कार्य गर्ने मन गर्नुभएको छ । नेपाल स्थाई घर भई हाल क्यालिफोर्निया अमेरिका बसोबास गनुहुने रमेश लुईटेल र उहांको श्रीमति सुनिता लुईटेलले बैबाहिक जिबनमा बांधिएको १२ बर्ष पुगेको खुसीयालीमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ३१ हजार २ सय ३५ रुपैया सहयोग गर्नुभएको छ । उहांको यस सहयोग प्रति हामी निकै आभारी छौ । उहांहरुको बैबाहिक जिबन खुसीयालीमय बन्दै जाओस, हाम्रो शुभकामना ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment