हार्दिक निमन्त्रणा: महिला अधिकार भनेको पुरुष माथि बिजयी हुनु हैन;

हार्दिक निमन्त्रणा - अन्तरराष्ट्रिय नारी दिवस

"When I discover who I am, I'll be free" - "जब मैले आफूलाई चिन्दछु, म स्वत्रन्त्र हुनेछु" भन्ने नाराका साथ NWGN - CA Chapter ले १०७औं अन्तरराष्ट्रिय नारी दिवस मनाउन गई रहेको सहर्ष जानकारी गराउद छौं।

महिला अधिकार भनेको पुरुष माथि बिजयी हुनु हैन; आफु स्वयम् माथि बिजयी हुनु हो। आफ्नो अधिकारको जानकार हुनु हो, आफ्नो अधिकारको पाउनु हो र सो अधिकारलाई यथावत राख्न सक्नु हो।  नारी एक स्वरूप अनेक: आमा, दिदि, बहिनि, श्रीमती आदि इत्यादी। यी सबै स्वरूपका हामी नारीहरुमा केहि गुणहरु होलान अनि कति अवगुण पनि। जब सम्म हामीले हामीमा भएका गुण/दोषहरु मुल्यांकन र पहिचान गर्न सक्दैनौ तब सम्म हामी, हामी बीच मै रुम्मलिने छौं। हामी हाम्रो अस्तित्व खोज्दा खोज्दै अस्तित्व बिहिन  हुने छौं। तसर्थ, नारी जागरणका निमित्त, नारी सशक्तिकरणका निमित्त, एक समतामुलक र सहभागितामुलक समाज निर्माणका हेतु यो हाम्रो सानो प्रयासलाइ सहयोग गरि सफल पारी दिनु हुँन, सम्पूर्ण संघ संस्था तथा बेएरियावासी आमा, बुवा, दिदि, बहिनि तथा दाजु भाइहरुलाई हार्दिक अनुरोध गर्दछौ।

मिति: मार्च ११, २०१७ शनिबार
समय: साँझ ५ बजे
स्थान: बर्कली एडल्ट स्कुल
1701 San Pablo Ave,
Berkeley, CA 94702
टिकट: मात्र $15 (दश बर्ष भन्दा मुनिकालाई निशुल्क)
          For details www.nwgnca.org
          
           धन्यबाद।

अध्यक्ष - सुस्मिता सिजापती
कार्यक्रम संयोजक - सुनिता सापकोटा
साथै, सम्पूर्ण NWGN CA टिम

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.