हरेक दिन खुसीका किरण छर्ने कुनै न कुनै पल आउछन् । त्यहि पल सम्झन लायक बनाउने दौडमा हामि बिभिन्न संघ संस्थाहरुलाई सहयोग गर्न पछि हट्दैनौं । नवलपरासी स्थाई घर भएका श्रीमान अशोक केसी र उनकी श्रीमति सुमन चौधरी (केसी) अहिले अष्ट्रेलीया बसोबास गर्नुहुन्छ । उहांहरुको छोरी पृष्मा केसी २८ दिन पुग्नुभएको छ । उहांहरुले छोरीको मुख हेर्ने दिनको अबसर पारेर आफन्तहरुले दिनुभएका केही रकम सामाजिक कार्यका लागी खर्च गर्ने सोच बनाई एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी अष्ट्रेलीयन ३१५ रुपैया (नेपाली २५ हजार ८ सय ८१ रुपैया) सहित थप नेपाली १ हजार रुपैया धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । उहांहरुको परिवारमा सधै खुसीयाली छाओस, हाम्रो शुभकामना ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment