"कृष्ण शाही ठकुरी बचाउ" अभियानको लागि जापान बाट रु. २१०७५७/- सहयोग
हाम्रो धादिङ समाज जापानबाट गत डिसेम्बर २८ देखि जनवरी ५ सम्म चलाईएको कृष्ण शाही ठकुरी बचाउ अभियानमा संकलित रकम ¥२२५००० आज ईजिलिन्क रेमिट्यान्स मार्फत पिडित समक्ष हस्तान्तरण गरियो।जापानस्थित ईजिलिन्क रेमिट्यान्स मुख्य कार्यालय मा धादिङ समाज जापानका अध्यक्ष श्री कृष्ण खनाल ,महासचिब दिनेश लोहनी र सचिव बिमल श्रेष्ठ को संयुक्त उपस्थितिमा उक्त रकम पठाईएको थियो।पिडितले सोह्रखुट्टे स्थित ईजिलिन्क को कार्यालयबाट नेपाली रुपैयाँ २१०७५७ आजै प्राप्त गर्नुभएको छ।यस पुण्य कार्यमा सहयोग पुर्याउने सम्पुर्ण जापानबासीलाई धादिङ समाज जापानको तर्फबाट हार्दिक धन्यबाद र आभार प्रकट गर्दछौं।
जानकारी: Shyam Hari timsina बाट।
Post a Comment