तनहु कामठमाडौं सम्पर्क मञ्चद्वारा मानवसेवा आश्रम काठमाडौंमा नगद, कपडा तथा भोजनसेवा

तनहु कामठमाडौं सम्पर्क मञ्चद्वारा मानवसेवा आश्रम काठमाडौंमा नगद, कपडा तथा भोजनसेवा
माघ २२, २०७३
मानवसेवा आश्रम काठमाडौं
सडककिनाराहरुमा अत्यन्त कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिन गराउँदै आइरहेका मानवसेवा आश्रम काठमाडौं शाखामा तनहु काठमाडौं सम्पर्क मञ्चले विहानको भोजनसेवा एवं कपडा (जकेट वितरण) कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले स्थाई कमिटी सस्दस्य एवं पुर्व स्थानिय विकास मन्त्री अमृत कुमार बोहोराज्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहयोग हस्तान्तरण एवं भोजनसेवा कार्यक्रममा मानवसेवा आश्रमका प्रमुख संरक्षक डा.श्री गोविन्द टण्डनज्य,ू गण्डकी अञ्चल सम्पर्क मञ्चका अध्यक्ष कमल दानीज्य,  तनहु काठमाडौं सम्पर्क मञ्चका  अध्यक्ष राजकुमार श्रेष्ठज्य,  तनहु क्षेत्र नं. २ का अध्क्ष्य अभिमान शर्माज्य, नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष मन मोहन कुमार सुनारज्यू,  समाजसेवी बाबुराम रानाभाट, पतञ्जली योग समिती केन्द्रीय सदस्य ललितशंकर योगीजयू, लगाएत करिव २५ जना महानुभावहरुको उपस्थिती रहेको थियो ।
सहयोग हस्तान्तरण तथा भोजनसेवा कार्यक्रमका प्रमूख अतिथी नेकपा ऐमाले स्थाई कमिटी सदस्य एवं पुर्व स्थानिय विकास मन्त्री अमृत कुमार बोहोराज्यूले आफू संलग्न पार्टी र आफ्नो तर्फबाट मानवसेवा आश्रमको पवित्र उद्देश्य पुरा गर्न सकेको मेहनद गर्ने प्रतिवद्दता गर्नुभएको छ ।

मानवीय सेवामा समर्पित मानवसेवा आश्रममा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा, जकेट एवं नगद रु. १३२०५ सहयोग गर्नुहुने सम्पुर्ण परोपकारी मनहरुप्रती सम्पुर्ण मानवसेवा आश्रम परिवारको तर्फबाट हार्दिक आभार तथा सन्वयकारी भूमिका निर्भाह गरिदीनुहुने आदरणीय कृष्ण गजमेर सरप्रति हार्दिक नमन् ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.