बृद्दाश्रमको सहयोगार्थ एभरेस्ट नेपालको बार्षिकोत्सब/साँस्कृतिक कार्यक्रम/पिक्निक/एल्बम बिमोचन कार्यक्रम सम्पन्न।

बृद्दाश्रमको सहयोगार्थ एभरेस्ट नेपालको बार्षिकोत्सब/साँस्कृतिक कार्यक्रम/पिक्निक/एल्बम बिमोचन कार्यक्रम सम्पन्न।

यहि मिति ३ फेब्रुअरी, २०१७ शुक्रबारका दिन 'पोखरा बृद्ध आश्रम को सहयोगार्थ' एभरेस्ट नेपाल युथ एसोसिएसन कतारद्वारा आयोजित प्रथम बार्षिक उत्सब तथा बिबिध सांस्कृतिक कार्यक्रम भब्य रुपमा सफल भयको छ। नेपालदेखि कतार आउनु भएका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु बहुचर्चित पप गायक- कमल खत्री,बहुचर्चित लोक दोहिरि गायिका - बन्दना पाण्डे, नायिका तथा चर्चित मोडल - बेनिशा हमाल लगायत स्थानिय कलाकार हरुको पनि थुप्रै प्रस्तुती हरु रहेको थियो ।

NRNA का पदाधिकारी हरु, समाजसेवी तथा ब्यवसायी ब्यक्तित्व हरुको पनि उपस्थिती रहेको कार्यक्रममा विभिन्न ब्यक्ती तथा संस्था मार्फत मन खोलेर सहयोग गर्नुभयको थियो। विभिन्न मिडियाका ब्यक्ती हरुको पनि उपस्थिती थियो भने सेल्फी टिभी ले कार्यक्रम लाई प्रतक्ष्य प्रसारण गरेको थियो। 

अलदोसरी पार्कमा सम्पन्न भयको उक्त कार्यक्रम मा  स्पोन्सर महत क्याटरिङ क्लिनिङ एन्ड हस्पिटालिटीको,कोस्पोन्सर मा वसन्त फिल्म्स प्राली,ग्रीन ग्रास ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ WLL कम्पनी तथा समाज सेवि कृष्ण बराल ज्यु को रहेको थियो।

कार्यक्रममा गायक रबिन राई को "ज्यानै जाने भो" नामक म्युजिक एल्बम पनि बिमोचन गरियको थियो। स्मरण रहोस गायक रबिन राई गायक राजेश पाएल राई को दाजु हुनुहुन्छ।

कार्यक्रमको झलक हरु  तथा बिदाई एवं सम्मान कार्यक्रम को तस्बिर हरु हेर्नुहोस। 

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.