लघु कथा : छाउ
जयसरा तेर्ह्व पूरा पुगेर चौधकि भै, बालिका बाट किशोरी हुने संघारमा उभिएकी छे, उसको शरीर अब पहिले जस्ता छैनन।।।
जयसराकी आमा छोरीलाई सधै सम्झाउछिन।।।।।
बा ,अब तिमी ठुली भएउ।।।टाढा टाढा खेल्न जानू हुदैन।।।।
दाइ पनि त बढेका छन ।उनी त जान्छन त ।अबोध बालिका आमालाई प्रश्न गर्छिन।
दाइ केटो मान्छे हो बाबै उ जान हुन्छ।
तिमि छोरी मान्छे हौ,भोलि केही भैहाले हाम्रो इज्जत जान्छ ।
दाइले खेल्न ,जादा नजाने इज्जत आफू जादा कसरी जाला जयसरा आमालाई प्रतिप्रश्न गर्छिन।
आमा संग जयसराको उक्त प्रश्नको जवाफ छैन।
केवल हप्की दप्की,लगाएर जयसराको उड्ने पखेटा लाई दाम्लो लगाउनु बाहेक।।।
पधेरो मा नुहाउदा अब जयसराले आमाको पेटिकोट लगाएर नुहाउनु पर्ने भैसक्यो।
पधेर्नीहरु जयसरालाई गिज्याउछन,अब जयसरा छाउ हुन्छे।
छाउ शब्द सुन्ने बित्तिकै , जयसरा भयभित हुन्छे, साघुरो छाउगोठमा बिताउनु पर्ने कालरात्री को सम्झना मात्रले पनि जयसराको मुटु काम्न थाल्छ।
उ मनमनै संकल्प गर्छे म ,छाउ भएको कुरा कसैलाई भन्दिन।अह भन्दै भन्दिन।
- रजनी ढुङ्गाना
Post a Comment