" चितवन युवा समुह दोहा कतार द्वारा आर्थिक सहयोग हस्तान्तरण तथा सम्मान एवं बिदाई कार्यक्रम सम्पन्न ”

" चितवन युवा समुह दोहा कतार द्वारा आर्थिक सहयोग हस्तान्तरण तथा सम्मान एवं बिदाई कार्यक्रम सम्पन्न ”

नेपालको चितवन जिल्लाबाट रोजगारी गरिरहेका चितवनवासीहरुको सामाजिक सस्था चितवन युवा समुह दोहा कतारले सामाजिक परोपकारी सहयोग गर्दै चितवनको बिकास र समाजमा रहेका दिनदुखी असहाय गरीब अशक्तहरुको सेवा गरीरहेको सबैमा जानकारी नै छ, मातृभूमि नेपाल र गृह जिल्ला चितवनमा पनि बिभिन्न सामाजिक परोपकारी कार्यहरु गर्दै समाजमा प्रशंसनीय पात्र बनेको छ, बेसहारा दुःखी गरीब अशक्तहरुलाई प्रशस्त आर्थिक सहयोग गरेको हामी सबैलाई अवगत नै छ, अतः २०७२ साल कार्तिक २१ चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिको विश्व सम्मेलनमा सहभागी देशहरुले चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिमा परोपकारी कोष निर्माणको लागि ५००००(अक्षेरूपि पचास हजार)आर्थिक सहयोग गर्ने बचनवद्द्ता अनुसार आज मिति २०७३साल फाल्गुण १० गतेका दिन चितवन युवा समुह दोहा कतारले रु. ५०,००० (अक्षेरूपी पचास हजार) आर्थिक सहयोग चितवन युवा समुह दोहा कतारका अध्यक्ष श्री भूमिराज कार्की ज्युले चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति नेपालका बरिष्ठ  उपाध्यक्ष श्री बुद्धिराज अर्याल ज्युलाई संस्थाको कार्यलयमा रकम हस्तान्तरण गर्नु भएको छ |
सो कार्यक्रममा सस्थाका उपाध्यक्ष श्री मनोज अर्याल, कोषाध्यक्ष श्री सिता ढकाल, सह-कोषाध्यक्ष श्री साझा राम बि.क., सदस्य श्री सिता कंडेल , घनश्याम के.सी., उज्यालो टाइम्सका प्रकाशक/प्रधान सम्पादक श्री राजु भट्ट  लगायत अन्य समाजसेवीज्यु हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो |
सामाजिक परोपकारी गतिबिधिमा सदा अग्र स्थानमा रहन सफल चितवन युवा समुह दोहा कतारले गृह जिल्ला चितवनको सामाजिक बिकासमा काँधमा काँध मिलाएर सहकार्य सद्भाव र समन्वय गर्दै संसारभरका चितवनवासीहरूको साझा सस्था चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिमा आवद्द रहदै सामाजीक र परोपकारी गतिबिधि अगाडी बढाउन उदाहरणीय कार्य गरेको छ , हामी चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समिति नेपाल सपरिवारको तर्फ देखि धन्यबाद सहित सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने छ भन्ने शुभ कामना व्यक्त गर्दछौ ।
साथै सोहि कार्यक्रममा चितवन युवा समुह दोहा कतारका अध्यक्ष श्री भुमि राज कार्कीज्यु लगभग आफ्नो १ महिनाको घरबिदा पूरा गरि आज जन्मभूमि देखि कर्मभूमि कतार जादै हुनुहुन्छ, चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति नेपालद्वारा ह्रदयदेखि नै सम्मानका साथ हार्दिक बिदाई गर्दछौं, यहाको हरेक मनोकामना पूरा होस् उत्तरोत्तर प्रगति होस् सामाजिक परोपकारी कार्यमा सदा मन जाओस् भन्दै शुभ यात्रा सुरक्षित यात्रा आरामदायी यात्राको कामना गर्दछौं ।
मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति नेपाल ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.