बिबाह वर्षा गाँठको अवसरमा बेलायत बाट बालबालिका हरुको लागी सहयोग ।
- बिष्णु गौतम
सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना !
कति धेरै रमाइलो दाम्पत्य जिवन ! मनमा कानमा परोपकारी भावना !
हिजो कृष्ण जी संग टेलिफोनमा कुरा भयो उहाँले भन्नु भयो, दाजु मैले हिजो निशालाई भ्यलिनटन डे को अवसरमा गिफ्ट किनेर ल्याउ भनेको थिए तर उनले भोलि पर्ने हाम्रो बिबाह वर्षा गाँठको अवसरमा लक्ष्मी प्रतिस्थान मार्फत कान्दामा संचालित छात्रवासमा आश्रित बालबालिका हरुको लागी सहयोग गरौं भनिन अनि हामी दुवै खुसि साथ म आँफु समेत सदस्य रहेको सस्थाको अभियानलाई सहयोग पठाई बर्ष गांठ मनाउने निर्णय गर्यौ "भन्दै लक्ष्मी प्रतिष्ठानको खातामा रु ११,६५० / जम्मा गर्नु भयो / यसरि गरिब बालबालिको खुसीमा आफ्नो सुख देख्नुहुने कृष्ण +निशा खरेल दम्पती हार्दिक सम्मान व्यक्त गर्दै
उहाँहरुलाई बिवाह बर्ष गांठको सुखद अवसरमा हार्दिक शुभकामना टक्र्याउदछौ । सधै शुभ होस् ! जय जय होस् ! यसरीनै मनमा परोपकारी भावना जागीरहोस ! जिन्दगीका हरेक पथमा इश्वरको कृपा रहोस !!
लक्ष्मी प्रतिष्ठान ,परिवार।
www.laxmipratisthan.org
Post a Comment