बिबाहको २५ औं बर्षगांठको हार्दिक शुभ-कामना हजुरहरुलाई !
मनमा सधै उच्च विचार , सवच्छ भावना राखी जुनसुकै समय समाजको हितमा कामगरिरहने लक्ष्मी प्रतिष्ठानका आजीवन सदश्य , कान्दा अभियानका मुख्य अभीयान्ता तथा युरोप संयोजक पुजनीय व्यक्तित्व श्रद्धिय सुरेन्द्र श्रेष्ठले आज परेको आफ्नो बिबाहको २५ औं बर्षगांठको अबसरमा लक्ष्मी प्रतिष्ठानद्वारा चितवन को लोथर ९ कांदामा संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका बालबालिकाहरुकालागी संचालित कार्यक्रम प्रयोजन गर्दै रु ७००० उअपलब्ध गराउनु भएको छ। बिशेष गरि कान्दा रुपान्तरण अभियानमा सुरेन्द्र सर उहाँकी धर्मपत्नी श्रीमती मिनु शाक्य श्रेष्ठ अतुलनिय सहयोग रहदै आएको छ। प्रतिष्ठानले कान्दामा अगाडी बढाएका कार्यक्रमहरु खाद्यान्न, छात्रावास निर्माण , सथिकलागी साथी कार्यक्रम लगायत विभिन्न कर्यक्रममा आफैले सहयोग पुर्याउनु भएको छ भने उहाँकै प्रयाशमा हाल सम्म सम्म युरोपबाट मात्र आधा करोड भन्दा बढी रकम हामीलाई प्राप्त भै सकेको छ। यसरी मानवियाताको रक्षाका खातिर अहोरात्र लागि पर्नुहुने श्रद्दिय श्रेष्ठ दम्पतिमा आज पर्न गएको उहाँहरुको बिबाहको २५ औं बर्षगांठको हार्दिक शुभ-कामना ! हामी कामना गर्दछौं भगवानले हामीलाई उहाँहरु जस्तै हजारौ दम्पति संग भेट गराउन र कांदा जस्तै थुप्रै विकट गाउँ शुन्दर बनौन सकौं। हामी सबैको जयहोस !
बिष्णु गौतम
तथा
सम्पूर्ण लक्ष्मी प्रतिष्ठान परिबार।
Post a Comment