शैक्षीक परामर्श दिने संस्थाहरुबाट सामुहिक रुपमा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग

सहयोग गर्न सम्पती चाहिदैन् मात्र मन भए पुग्छ । खुसी त त्यति बेला मिल्छ जतिबेला कसैको मुहारमा आफुले दिएको सानो सहयोगले खुसी भरिएको हुन्छ । बिभिन्न संघसंस्थाले दिएको सानो सहयोग कसैको लागी अमुल्य बन्न सक्छ । त्यस्तै एक शैक्षीक संस्था Boomerang int. Education services, जो शैक्षीक परामर्श दिने संस्थाहरुमा आफुलाई अग्रस्थानमा प्रस्तुत गर्न सफल भईसकेको छ । जुन संस्थाबाट एकिकृत नमुना मुसहर बस्ती निर्मँणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ५०० अष्ट्रेलियन डलर सहयोग प्राप्त भएको छ । जुन् सहयोगको लागी हामि संस्थाका आशिष वाग्ले प्रति हार्दिक धन्यवाद दिदै अझै सफलताको शुभकामना दिन चाहान्छौ । यसै गरि दिपेश राज पाण्डेले आफ्नो र साथी भाईबाट प्राप्त केहि सहयोग रकम हामिलाई प्रदान गर्नुभएको छ । जसमा आभाष वाग्लेले १००, दिपेश राज पाण्डेले १५० र बिजया जोशीले ५० अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । सहयोग संकलनका लागी दिपेश राज पाण्डे सहित सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.