अष्ट्रेलिया बसोबास गरिरहनु भएका गोबिन्द रानाले संकलित रकम बाट २४५२ अष्ट्रेलियन डलर र ब्यक्तिगत तर्फ बाट ३०० अष्ट्रेलियन डलर सहयोग

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालीहरु जुनसुकै मुलुकमा भएपनि एकजुट भएर नेपालको निर्माण कार्यमा ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । तनहुं स्थाई घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहनु भएका गोबिन्द रानाले भुकम्प पछि पुर्ननिर्माणका लागी अष्ट्रेलियामा केहि सहयोग संकलन गर्नुभएको छ । उहांले सहयोग प्रदान गर्नको लागी हामिसंग भेट्दै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई २४५२ अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । त्यतिमात्र होईन् उहांले बस्ती निर्मँणका लागी दिनल खोलेरै ब्यत्तिगत रुपमा हामिलाई ३०० अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । उहांको यस सहयोग प्रति हामी नतमष्तक छौ । उहांको सहयोग संकलन कार्यमा साथ दिने र सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद दिन चाहन्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.