कथा :- आधा यात्रा भाग २

दिनभर को कामले निकै थकाइ को महसुस भइरहेकै थियो फेरि पनि आफ्नै परिवार संगै रहेर दुख गर्दाको पल त्यति दुखको अनुभव भने भएको थिएन ।
बेलुकीको खानाको चाजोपाजो मिलाउदै थिइन मेरी जीवन सङिनी म पनि उनलाई सहयोग गर्दै थिया यतिकैमा मेरो मोबाइल मा फोन बज्छ मेरी उनी फोन लिन जान्छिन तर नचिनेको नम्बर बाट फोन आएको ले मलाई दिदै भन्छिन खोइ कस्को फोन हो हेर्नू त मैले पनि नम्बर ख्याल गर्न सकिन जस्को भए पनि उठाउन त पर्छ नै किनकी फोन कसैले पनि बिना काममा गर्दैनन् फेरि कसैको गलत नम्बर ले आएको रहेछ भने पनि उसलाई पनि थाह हुन्छ कि मैले सम्पर्क गरेको नम्बर गलत रहेछ भनेर यति सोच्दै फोन उठाए ।एउटा नारी स्वर थियो दाइ सन्चै हुनुहुन्छ अनि भाउजू नि? मलाई चिन्नु भयो त? तर मलाई ठम्याउन निकै गाह्रो भयो मैले भने बहिनी मैले त हजुर लाई चिनिन नि परिचय दिनु त ।ओहो दाइ कति छिटो नै भुल्नु भयो है? हुन त हजुर सामाजिक मानिस कति ठाँउ जानू हुन्छ कति संग परिचय गर्नुहुन्छ कतिलाई सहयोग गर्नुहुन्छ सबैलाई सम्झिएर पनि सकिदैन तर हजुरलाइ सवैले सम्झिरहने छ्न ।बहिनी खोइ त्यति ठुलो उद्दार गर्न सकेजस्तो लाग्दैन उनले फोन गर्दै गर्दा उनको फोनको पृष्ठभुमि मा सानो बच्चा को पनि आवाज आइरहेको थियो ।उनले भनिन दाइ हजुरले अरुलाइ के गर्नु भयो के गर्नु भएन त्यो मलाई थाह भएन तर मेरो जीवनमा आमूल परिवर्तन ल्याउने हजुर नै हुनुहुन्छ ।तपाईं ले अब त मलाई चिन्नु भयो होला होइन तर मलाई भने अझै पनि एकिन भएको थिएन अनि उनी मेरो बारेमा सोध्दै थिइन् मैले सबै कुराको जानकारी गराए दाइ हजुर ले मेरो इज्जत बचाउन र चिसो छ्ल्न दिनु भएको ज्याकेट म सगै सुरक्षीत छ ।यति भने पछि मलाई बल्ल याद आयो उनी थिइन अश्मी केही बर्ष अगि नारायणगढ होटेल मा भेट भएकी थिइन उनी यो विषय मा मैले उतिबेला नै मेरी जीवन साथी सङ कुरा गरेको थिया यो कुराले उनले म प्रती उद्दारभाब दर्साएकी थिइन् यस्तो कार्यको उनी खुलेर प्रसंसा गर्ने गर्छिन त्यही भएर त मलाई  सामाजिक कार्य गर्न सहज भएको छ   हरेक मानिस लाई सामाजिक कार्य गर्न उस्को पारिवारिक साथ अनिवार्य छ ।अनि मैले सोधे अश्मी के छ तिम्रो खबर कता छौ के गर्दै छौ अनि यतिका बर्ष पछि याद गरेउ अनि त्यति बेला केही नबताइकन हिड्औ अनि के हो तिम्रो बास्तबिकता ल सबै बताउन अनि दाइलाइ कहिले भेट्ने हो यहाँ हामी आतुर छौ तिमिलाइ स्वागत गर्न ।यति भन्दै गर्दा उनी भन्छिन दाइ म ठिक छु अहिले म पोखरामा छु सानोतिनो पसल चलाएर बसेको छु दाइ अहिले म इमान होइन श्रम बेचेको छु सहज तरिका ले दिनहरु चलाएको छु बिगत सम्झदा कहाली लाग्छ त्यो दलदल मा बाद्य्यता मा फसेको थिया खोइ एक रातमा नै म भित्र के सोच आयो हजुर लाई देख्ने बितिकै त्यो काम छोडन मन लागेको थियो र फेरि राती त्यो घटना भयो र मैले आफ्नो निर्णय परिवर्तन गरि त्यो ठाँउ छोडेर यता आएको पनि आज झन्डै ७ बर्ष भएछ ।अनि मैले सोधे तिमी कसरी पुग्यौ त त्यो ठाँउ सम्म ? उनी निक्कै लामो सास तान्दै खुइया गर्दै दाइ खोइ कता बाट सुरु गरु?यति भन्दै गर्दा उनको स्वर निकै मलिन भएको थियो समय केही क्षण सुन्यतामा हरायो फेरि मैले अश्मी भने पछी उनले आफ्नो बिगत यसरी बिस्तार गरिन ।मेरो घर पनि गोरखा जिल्ला नै हो म मध्यम बर्गिय परिवारमा हुर्किएकी घरको पहिलो सन्तान हु म पढाइ मा म अब्बल दर्जाको थिया घर नजिकै उच्च शिक्षा गर्ने स्थान पनि थियो मेरो घरको नजिकै हेल्थपोस्ट हुलाक प्रहरी कृषि आदि को कार्यालय पनि थियो त्यस्तैमा हेल्थपोस्टमा काम गर्ने अ हे ब मेरो घर नजिकै बस्थ्यो उ मेरो घर बारम्बार आउने गर्दथ्यो मेरो बाबा सामाजिक कार्यकर्ता भएको ले अरुहरु पनि केही गर्नु पर्यो भने आउने गर्दथे त्यसैले उसको आबागमन लाई पनि मैले सहज रूपमा नै लिने गर्दथे तर उसको उद्देश्य फरक रहेछ उ मलाई चहादो रहेछ त्यही भएर हामी कहाँ धेरै आउने गर्दथ्यो उ मेरो बारम्बार तारिफ गर्दथ्यो मेरो कुरा को समर्थन गर्दथ्यो स्कुलमा हुने हरेक अतिरिक्त क्रियाकलाप मा भाग लिन उकास्ने गर्दथ्यो मलाई यस्तो लाग्न थालेको थियोे कि मलाई यो संसार मा सबै भन्दा माया गर्ने उहीँ नै हो हामी एकाअर्कामा यति नजिक भयौ कि अब छुटनै गाह्रो पर्ला जस्तो कुनै दिन काम विशेष ले उ आएन भने मलाई अति गार्हो हुन थालेको थियो यस्तैमा उ संग मेरो सबै कुरा शेयर भए जति कुरा म सङ  छ्न जे चाहेर उसले मलाई माया गरेको थियो त्यो सबै उसले प्राप्त गरिसकेको थियोे ।त्यति बेला म कक्षा १० मा पढ्दै थिया तर दुर्भाग्य नै भन्नू पर्छ मेरो गर्भमा उसको नासो वस्न गयो मैले यो कुरा उसलाई भने ल अब हामी बिहे गर्नुपर्छ त्यतिबेला उसले मन्जुरी जनायो तर घरमा भने केही थाह थिएन हामी भागी बिबाह गर्ने तयारीमा थियौ तर अपसोच उसले मागेको केही समय त जागीर अन्यत्र सार्न रहेछ एकाएक उ जागीर सारेर बेपत्ता भयो न खबर न केही अत्तोपत्तो भएन तब मात्रै मलाई सबै कुराको जानकारी भयो कि उसले म माथी खेलबाड गरेको रहेछ भनेर अब के गर्नु मलाई बिपत्ति पर्यो घरमा कसैलाई थाह छैन कि मेरो पेट भित्र कसैको गर्व छ भनेर बाबाको त्यत्रो सामाजिक छवि माथी आच आउने भयो भनेर मलाई सार्है पिर भयो मर्न पनि सकिन र एक रात घर बाट केही पैसा निकालेर भागे र म गन्तव्य हिन यात्रा मा निक्लिए ।आज सम्म पनि मेरो कुनै यात्रा को गन्तव्य छैन आज मेरो छोरा पनि ७ बर्ष को हुन लाग्यो सबैको छोराछोरी बाबा सङ घुमफिर गर्दा उ मलाई आफ्नो बाबाको बारेमा सोच्छ तर म सङ जवाफ छैन जुन दिन घर छोडेर आए त्यो दिन देखि घरमा एक कल फोन पनि गरेको छैन आज सम्म म उहाँ हरुको आस्था को धरोहर थिया तर के हुन पुग्यो मलाई नै थाह छैन ।दाइ एकचोटि हजुर लाइ भेट्न् मन लागेको छ म हजुर लाई भेट्न् छिटोभन्दा छिटो आउदै छु गोर्खा ओहो यति भन्दै गर्दा मेरी जीवन संगीनिको आँखा मा समुन्द्र छल्किसकेको रहेछ उनी भन्दै थिइन ओहो कति स्वार्थी सन्सार कति दुख दिन सकेका है एउटा अबला नारिलाइ ए हजुर अब अश्मी लाई एउटा नयाँ जिन्दगी को सुरुवात गराउन पहल गरिदिनु न है अनि उनको बाबा आमा संग भेट पनि गराइदिनु न है अश्मी ले मानिन भने अश्मिको छोरा लाई हामी राखौ न है उनी रुदै भन्दै थिइन यो सवै कुरा अश्मी पनि सुन्दै थिइन उता अश्मी यता उनी दुबैको रोदन ले मेरो मन भक्कानिएर आयो तर पनि मैले सम्मालिनु त अवस्य  पनि थियो किनकी अश्मिको जीवन लाई अब एउटा सफल मार्गमा ल्याउने जिम्मेवारी मेरो काधमा आइपुगेको थियो अश्मी भन्दै थिइ भाउजू हजुर चहानु हुन्छ भने म मेरो बाबू हजुर लाई दिने छु यो मेरो दाइको गुन तिर्न एउटा् अमुल्य अबसर पनि हुनेछ तर म मेरो बाबू बाट टाढा रहेर बस्न सक्दिन म पनि नजिकै बस्नुपर्छ ।यता उनी भन्दै थिइन तपाई पहिले यहाँ आउनु अनि तपाई को घरमा दाइले लिएर जानू हुनेछ फेरि लिएर आउनुहुनेछ तपाईंको नयाँ जीवन को लागि दाइले पहल गर्नु हुनेछ जबसम्म तिम्रो जीवन को एउटा बाटो हुदैन तिमी हामी संगै हुनेछौ ल छिटोभन्दा छिटो ब्यबस्थापन गरेर आउनु ल अश्मी पनि रुदै उनको कुरालाई स्विकार्दै छिटो आउने बाचा गर्दै म सङ भनिन दाइ म पसल बेचेर केही दिनमा नै हजुरहरुको शरण मा आउनेछु भन्दै फोन राखिन
त्यस्तै १० दिन पछि अश्मी ले एका बिहानै फोन गरेर आउन लागेको जानकारी दिइन उनी निकै खुशी हुँदै खाना बनाउने तर्खर गर्न लागिन म पनि मनमा उमंग बोकेर अश्मिको प्रतीक्षा मा बसे आज अफिस पनि नगै उनकै प्रतीक्षा मा थिए म कसैको जीवन मा एउटा आधार बनेर उसको जीवन सफल बनाउने कोशिश मा थिया म उता अश्मिको यात्रा तय भइसकेको थियो।
     हिजोको मौसम सफा भएपनी आज आकाश मा कालो बादल मडारिरहेको थियो दिन निकै धमिलो थियो तर पनि अश्मी को आउने कुरा ले मन निकै हर्शित थियो त्यसैले घरमा नै टि भि हेर्दै बस्दै थिया बिहान ९ बजेको समचार आयो हेडलाइन मै पोखरा बाट गोरखा तर्फ आउदै गरेको बस दुर्घटना ओहो मेरो मन एक तमास को भयो तुरुन्तै अश्मी लाई फोन लगाए फोन लाग्यो  तर उठेन धेरै पटक गरेपछि एकजना छोरा मान्छेले फोन रिशिभ गरे र भने तपाई ले फोन गर्नु भएको मानिस को दुर्घटना मा निधन भयो उहाँ कै झोला बाट मैले फोन निकालेर उठाएको म नेपाल प्रहरी हु मलाई बिश्वास नै भएन सबै हुलिया दिए नाम दिए आखिर उनको र बाबू दुबैको निधन भएको रहेछ यता समाचार मा पनि नाम आउन थालेको थियो । उनको पनि नाम र तस्बिर आइनै रह्यो आखिर यात्रा अधुरो नै रहयो उनलाइ घरमा पुर्याएर आमाबाबु सङ मिलाउने उनको नयाँ जीवन सुरुवात गराउने मेरी उनलाइ अश्मिको छोरा खेलाउने यात्रा अधुरो र आधा नै रहयो ।
प्रस्तुत कथा यसका पात्र हरु स्थान हरु काल्पनिक हो कसैको जिबन संग मेल खान गएमा संयोग मात्रै हुनेछ ।
कथा :- आधा यात्रा भाग २
लेखक :-गोबिन्द लामिछाने (अविरल )।
हाल दोहा कतार

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.