घरमा न श्रीमती छ न त छोरी नै /धेरै ठाँउमा खोजे जता खोजे पनि नभेटाए पछि म त पागल भएछु।

@ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड(आँखा अस्पताल नजिक)
०५६- ५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९

दाई हजुरको नाम के हो?
सुरज दर्जी ।
हजुरको घर कहाँ हो ? अनि किन यसरी हिडेको नि?
घरमा न श्रीमती छ न त नानी (छोरी) नै छ। धेरै ठाँउमा खोजे जता खोजे पनि नभेटाए पछि म त पागल  भएछु। यो संबाद हो आज बिहान करिब ८ः३० बजे टाँडिको सडकमा बेवारिसे भई हिडिरहेको एक मनोरोगी दाईसँग, मानवसेवा आश्रमका अभियान्ताहरुको। झट्ट उँहासँगको संबाद हेर्दा उँहाको मानसिक अवस्था ठिक छ जस्तो लाग्छ तर दाईसँग कुराकानी गर्दै जाँदा उँहाको मानसिक अवस्था भने कमजोर रहेको र दाईले समयमा नै पारिवारीक बातावरण तथा अौषधी उपचार पाउनु भयो भने दाईको स्वास्थ्य अवस्थामा सुधार आउन सक्ने कुराको महशुस गरी दाईलाई टाँडिको सडकबाट उद्धार गरी मानवसेवा आश्रममा ल्याईएको छ।

नोटः (हाम्रो सपना भनेको कुनै पनि ब्यक्ति सडकपेटिहरुमा कोहि पनि दुख पाएर,असक्त, अनाथ, अपाङ्ग, असाहय, तथा मनोरोगी भई बेवारिसे भएर जीवनयापन गर्न पर्ने अवस्थाको अन्य गर्ने।)
धन्यबाद।।।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.