नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम आजबाट सुरु

नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम आजबाट सुरु
-राजु चापागाँई अनन्त
चितवन, २९ माघ । नेपाल युवा संस्था सञ्जाल (आयोन)को आयोजनामा ३–दिने नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम आजबाट सुरु भएको छ । शनिबार चितवनको नारायणगढस्थित जेसिज भवनमा ८० भन्दा बढी युवाहरूको सहभागितामा कार्यक्रम सुरु भएको हो ।
युवाहरूलाई संसदीय अभ्यासको पद्धति र युवाका सवालमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । युवाहरूको क्षेत्रमा काम गर्दै आएको आयोनको आयोजना, युएनडीपीको सहयोग र विभिन्न संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा युवाहरूका समस्या समाधान, विभिन्न निकायमा नीतिनिर्माण तहका बारेमा जानकारी दिँदै संसदीय प्रक्रियाको जानकारी दिइने आयोजक आयोन सञ्चार अधिकृत  आभास राजोपाध्यायले जानकारी दिनुभयो । कार्यक्रममा नेपालको व्यवस्थापिका संसदलगायत स्थानीय तहहरूमा नीतिनिर्माणका बारेमा युवाहरूलाई जानकारी दिने र युवाका सवालमा छलफल एवं प्रस्तुति प्रस्तुत हुने बताइएको छ । युवाहरूका नीतिनिर्माणको प्रकृया, ऐन पास गर्ने विधि, सैद्धान्तिक र दफावार छलफल पद्धतिलगायत व्यवस्थापिका संसदीय पद्धतिको अभ्यासलाई बढी जोड दिइनेछ । यस्तै नेपाल सरकारका माननीय सांसदहरूको समेत सहभागितामा प्रस्तुति रहने बताइएको छ ।
कार्यक्रममा चितवन र नवलपरासीका करिब १०० युवाहरूको सहभागीता रहेको छ । कार्यक्रमका मुख्य आयोजक आयोनको ४२ जिल्लाका ९२ सदस्य संस्थाहरूसँग समन्वय गर्दै आइरहेको छ ।
यसैबीच ३–दिने नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम सोमबार चितवन युवा घोषणा पत्र पनि जारी गरिने आयोजकले जनाएको छ ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.