सामाजिक मन भएका सहयोगीहरूलाइ सेवा गर्न कुनै जात, वर्ग, धर्म, वर्ण, लिंग, भूगोलले छेक्दैन । सेवाका लागि स्वस्फुर्त रूपमा लागि पर्छन । यस्तै सहयोगी मन हुनु भएको ब्यास नगरपालिका-६ तनहुँ घर भै बिगत केहि बर्षदेखि कुवेतको एक कम्पनीमा कार्यरत सहयोगि मनका धनी आदरणीय याम थापा ज्युले धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको नमूना मुसहर बस्ति निर्माण सहयोगार्थ जन-जागृति युवा समाज कुवेतले संचालन गरेको सहयोग संकलन अभियानमा ५ केडि दिएर सहयोग गर्नु भएको छ ।
उहाँको निःस्वार्थ सहयोगको जन-जागृति युवा समाज सदा सर्वदा स्मरण गर्नेछ । अभियान सफल बनाउन यहाँको साथ सहयोगको लागि मुरी मुरी धन्यवाद दिँदै यहाँको सामाजिक भावनाको कदर गर्दै जनजागृति युवा समाज कुवेत तथा सहयोग संकलन अभियान समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ |
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सहयोग अभियानका संयोजक, कोष प्रमुख र सदस्य सचिवलाई तपसिल वमोजिम सम्पर्क गर्न सकिने छ ।
संयोजकः टिकाराम आचार्य – ९९२६६३१४
कोष प्रमुखः अनिल कुमार ठाकुर – ६६६१६०८६
सदस्य सचिवः प्रदीप नेपाली – ६६३२५३४५
- जन-जागृति युवा समाज कुवेत
Post a Comment