मनकी धनी आदरणीय आरुसी बानिया ज्युले कुबेत बाट मुसहर बस्ति निर्माण सहयोगार्थ सहयोग

उहाँमा जति सुन्दरता छ त्यति नै मनको धनी पनि ! धर्म कमाउन कुनै मठमन्दिर, चर्च, मस्जिद गै रहनु पर्दैन "सेवा नै धर्म हो भन्दै मोरङ बैरावन-९ आइतबारे घर भै बिगत ५ बर्षदेखि कुवेतको अभिन्युज महल स्थित अरबी रेस्टुरेन्टमा कार्यरत सहयोगि मनकी धनी आदरणीय आरुसी बानिया ज्युले धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको नमूना मुसहर बस्ति निर्माण सहयोगार्थ जन-जागृति युवा समाज कुवेतले संचालन गरेको सहयोग संकलन अभियानमा ५ केडि दिएर सहयोग गर्नु भएको छ ।

उहाँको निःस्वार्थ सहयोगको जन-जागृति युवा समाज सदा सर्वदा स्मरण गर्नेछ । अभियान सफल बनाउन यहाँको साथ सहयोगको लागि मुरी मुरी धन्यवाद दिँदै यहाँको सामाजिक भावनाको कदर गर्दै जनजागृति युवा समाज कुवेत तथा सहयोग संकलन अभियान समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ |

तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सहयोग अभियानका संयोजक, कोष प्रमुख र सदस्य सचिवलाई तपसिल वमोजिम सम्पर्क गर्न सकिने छ ।

संयोजकः टिकाराम आचार्य – ९९२६६३१४
कोष प्रमुखः अनिल कुमार ठाकुर – ६६६१६०८६
सदस्य सचिवः प्रदीप नेपाली – ६६३२५३४५

- जन-जागृति युवा समाज कुवेत

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.