पौष २५ गते महोत्तरीको बर्दिबास स्थित एकिकृत नमुना मुसहर बस्तीको शिलान्यास कार्यक्रममा आउनु भएका वरिष्ठ कलाकार किरण केसी‘ रातlमकै’ले माघ २३ गतेमा फेरी बस्तीको निर्माण कार्यको अवलोकन गर्न आइपुग्दा उहाँले सोंच्नु भएको भन्दा धेरै काम सम्पन्न भएकोमा अच्चमित हुनुभयो । शिलान्यास गरेको घरको जग खोज्दै उहाँले बस्ती निर्माणको प्रगति देखेर प्रसन्न हुनुभयो । धुर्मुस सुन्तलीले बैंशाख १ गते बस्ती निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गरेपछि कलाकार केसीलाई शिलान्यास कार्यक्रममा प~यारै लlगेको थिएन । बस्तीको निर्माण कार्यको स्पिड देखेर उहाँले बैशाख १ मा बस्ती हस्तान्तरण हुनेमा विश्वस्त हुनु भयो । बस्ती निर्माणको लागि सहयोग रकम संकलन गर्न हाल अष्टे«लियामा रहनु भएका सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई निर्माण स्थलबाटै भिडियो कल गर्नुभयो । उहाँले कामको प्रगतिबाट आफू अत्यन्त हर्षित भएको बताउँदै धुर्मुस सुन्तलीले गरेको यस महान कार्यका लागि बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कलाकार किरण केसीसंगै जनता बैंकका संचालक तथा व्यवस्थापकले पनि बस्तीको अवलोकन गर्नु भयो । उहाँहरु बस्ती निर्माण स्थलमा आएर हामीलाई दिनु भएको मायाले हामी उत्साहित भएका छौं ।
राता मकै मुसहर बस्तिमा पत्याउनै नसकिने कुरा देखेर दंङ्ग हुँदै धुर्मुस लाई भिडियो कल गरे।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment