राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सद्भावनादूत-"धुर्मुस सुन्तलि"

"राष्ट्र निर्माण, तपाई हाम्रो अभियान" भन्ने मुल नारालाई पछ्याउदै महाभुकम्प पश्चात पिडितहरुका लागी एकिकृत नमुना बस्ती निर्माणको अवधारणा लाई अंगाल्दै अघि बढिरहेको बेला हामीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको अध्यक्षतामा फागुन १० गते बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि सद्भावनादूत बनाउने निर्णय गर्नुभएको खबरले हामी निकै खुसी भएका छौ । हामीले गरेका हरेक कार्यमा साथ दिदै हौसला प्रदान गर्नुहुने, अझै राम्रो काम गर्नका लागी आंट दिलाउनुहुने, हामीलाई विश्वास गर्नुहुने, हाम्रो हरेक कामलाई सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण नेपाली तथा सही समाचार सम्प्रेशण गरी हाम्रा गतिबिधि सारा नेपालीसम्म पुर्याउन सहयोग गर्नुहुने बिभिन्न मिडिया तथा मिडियाकर्मीहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ । र हामीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सद्भावनादूत जस्तो गरिमामय पदका लागी उपयुत्त ठान्नुभएकोमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पुर्ण पदाधिकारीहरु साथै सरकारलाई हार्दिक धन्यवाद दिदैं, तपाईहरुले दिनुभएको यो माया, सम्मान र बिश्वासलाई आत्मसाथ गदै कुनै पनि कुरामा ठेस नपुर्याई, नेपाल र नेपालीका लागी, बिकाश निर्माणका लागी, शिक्षा, स्वाथ्य तथा सरसफाईका कार्यक्रमहरुलाई निरन्तरता दिदैं, एउटा सुन्दर नेपाल निर्माणमा निरान्तर अघि बढिरहने प्रतिबद्धता गर्दछौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.