चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालद्वारा आर्थिक सहयोग !!!
मिति २०७३/१०/२२ गतेका दिन सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आधार बनाई सहयोग- The Help को आयोजनामा र सप्तगण्डकी अस्पतालको प्राबिधिक सहकार्यमा आयोजित नि:शुल्क स्वास्थ्य शिबिर कार्यक्रम भ.उ.न.पा. १ ठिमुरा राष्ट्रिय प्रथामिक बिद्यालयमा सम्पन्न गरिएको कार्यक्रमको लागि चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालद्वारा आर्थिक सहयोग गर्दै सहयोगी सस्थाको रुपमा सहकार्य गरेर कार्यक्रम सम्पन्न गरियो |
सो कार्यक्रममा बिभिन्न रोग विशेषज्ञहरुले स्थानीय उपस्थित सहभागीहरुको नि:शुल्क उपचार सेवा प्रदान गर्नु भयो |
यस सस्थाका अध्यक्ष श्री मुक्तिप्रसाद अधिकारीज्युको बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बोल्दै आगामी दिनहरुमा पनि यस्ता सामाजिक परोपकारी कामहरुमा मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भनेआयोजक सहयोग- The Helpका अध्यक्ष श्री सुरज न्योपाने ज्युले चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल परिवारलाई सहयोगप्रति खुसी व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्नुभयो |
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल|
Post a Comment