कथा :- खोसिएका भाग्य हरु ।

आज मन निकै उत्साही थियो किनकि म आज पल्लो घर कि दिदि लाई पुर्याउन जादै थिए हाम्रो सामाजिक चलन नै छ कि माइती आएकी  छोरी पुर्याउन जाने तर पल्ला घरका दाइ बिदेश जानू भएको र घरमा काका काकी मात्रै हुनुभएको ले उहाँ हरुले मलाई अनुरोध गर्नु भयो छोरी अनु यसपटक तिमी दिदिलाइ पुर्याउन जाउ है मैले पनि नकार्न सकिन दिदि र म संगै को साथी पनि थियौ उमेर ले मात्र म १बर्ष जति कान्छी थिए सबै कोशेली तयारी गरि यात्रा तय भयो दिदिको घर जान लाई ।
बेलुका घर पुगियो सबै जना एकापसमा निकै खुशी देखिन्थे बाताबरण निकै रमाइलो थियो लाग्थ्यो स्वर्ग आभास नै थियो त्याह सबै परिवार संग दिदिले परिचय गराउनु भयो यस  अघि मैले कहिल्यै भेना लाई देखेको थिइन दिदि को बिहे हुदा म घरमा थिइन मलाई भेना निकै शालीन लाग्यो केही बर्णन दिदि बाट सुनेको थिया आज प्रत्यक्ष भेट्न अबसर पाउँदा निकै खुशी लाग्यो खुलेर कुरा गर्ने उहाँ को विशेषता नै रहेछ मेरो पनि त्यस्तै बेलुका अबेर सम्म गफगाफ भए निकै रमाइला अनि भेना ले भन्नू भयो ल आज लाई सुत्ने कार्यक्रम बनाउ दिदिले पनि सबैलाई ओछ्यान तयारी गर्नु भयो गरिब पक्कै हुन तर मनका धनी हाम्रो दिदिको परिवार लाई देखेर मन निकै आनन्दित भयो ।
बिहान सबेरै उठेर दिदी काम मा लाग्नु भयो भिनाजु पनि उठ्नु भइसकेछ बिहान को चिया ओछ्यानमा मा नै ल्याएर शुभ प्रभात अनु नानी भन्दै चिया दिनुभयो मलाई निकै लाज लाग्यो मैले भेना को सेवा गर्नुपर्ने तर उल्टो भयो उहाँ ले भन्नू भयो जो संग जतिबेला समय हुन्छ उ त्यति बेला काममा लाग्नु  पर्छ सेवा मा लाग्नु पर्छ यसमा को ठुलो को सानो भन्ने कुरा नै रहदैन यसमा पनि तिमी त आज मेरो घरको पाहुना अनि मैले आथित्यता गर्नु परेन र ? कति मिजासिलो हुनुहुन्थ्यो उहाँ ।म संग उहाँको प्रतिबाद गर्ने शब्द नै थिएन अनि उहाँ ले मेरो पढाइ काम को बारेमा सोध्नु भयो आफुले अहिले बि बि एस गर्दै गरेको र एउटा प्राइभेट फर्म मा जागीर खादै गरेको कुरा बताए अनि उहाँ ले म सङ मेरो नम्बर अनि फेसबुक आइ डि भए र दिन मिल्ने भए देउ भन्नू भयो मैले किन नमिल्ने भन्दै हामी सामाजिक सन्जाल को साथी पनि बनियो केही दिनमा नै म पोखरा जानू पर्ने भएकोले दिदि को घरको बसाइँ आज मात्रै थियो र मैले दिदी लाई भोलि सबैरै आफू फर्कने कुरा बताए घरमा सबैले समय मिल्छ भने एकदुई दिन बस्न अनुरोध गर्दै थिए तर मेरो कार्यब्यस्तता भेना लाई बताए पछि उहाँ ले भोलि बिहानको पहिलो बस मा जाने निधो गर्नु भयो ।
बिहानिको सुर्यको लालिले पुर्बी भाग लाई पोत्न नभाउदै सारा घर दिदिले पोतिसक्नु भएको थियो आमा मेरो लागि भनेर हतार हतार खाजा बनाउदै हुनुहुन्थ्यो भेना मलाइ बस आउने ठाँउ सम्म पुर्याउन को लागि तयारी गर्दै हुनुहुन्थ्यो म पनि सबेरै उठेर जाने तयारीमा थिए केही खाजा खाए अनि जान निक्लिए आमा लाई दर्शन गरे दिदिलाइ अङ्कमाल गरे दिदी रुनु भयो सायद नरमाइलो लागेर होला भेना भन्दै हुनुहुन्थ्यो के को साइत को बेलामा पनि रोइदिएको दिदी बिस्तारै आँसु पुछ्दै बिदाइको हात हल्लाउनु भयो र दिदी बाट बिदा भए बस भए सम्म पुग्न करिब २ घन्टा लाग्ने रहेछ भेना कुरा हरु गर्दै जानू भयो म सुन्दै अनि समर्थन जनाउदै गए ओहो बाटो मा त कति हुन कति सोध्ने कति संग बोल्न भ्याउनु हुन्छ कोहि अर्को बैठक को कुरा गर्दै थिय त कोहि आफू अन्याय मा परेको र न्याय दिलाइदिन अनुरोध गर्दै थिए विभिन्न सामाजिक संघ सस्था मा आबद्द हुनुभएका भेना ले कसरी समय दिन भ्याउनु भएको छ म आफै चकित परे यति सानै उमेरमा यति धेरै बिश्वास बोटल्नु भएको थियो भेना ले हामी गफ गर्दै गयौं लगभग अब बस कुर्ने ठाँउ आइपुग्नै लागेको थियो यति धेरै बाटो हिड्दा पनि पत्तो नै भएन भेना भन्नू हुन्थ्यो अनु धेरै पढ्नु सामाजिक बन्नु ल अनि यसो दिदी भेना लाई पनि नबिर्सनु नि है समय मिल्ल्ने बितिकै आउनु ल अनि फेसबुकमा मेसेज हरु पठाउदै गर्नु ल ।म पनि समय मिल्दा सम्म फोन गरुला ।बस कुर्ने ठाँउ मा पुग्ने बितिक्कै बस आइपुग्यो म बस चढे भिनाजु ले बिदाइको हात हल्लाउनु भयो र मैले पनि सरल मुस्कान छोडेर बिदाइ को संकेत गरे ।
अफिस को काममा ब्यस्त थिए फोन आयो यसो हेरेको भेना को रहेछ फोन उठाए एक छिन कुरा भयो सन्चो बिसन्चो आदि यसरी नै दिन हरु बितिरहेका थिए हरेक दिन मेसेन्जर मा उहाँकै मेसेज हुन्थ्यो के छ  ?खबर के? गर्दै छौ ? कस्तो रह्यो आजको दिन? खाना भयो? मिस यु नानी प्राय हुने मेसेज यिनै थिए म सबैको एकएक गरेर जवाफ फर्काउथे कहिलेकाही कथा कविता रचना गरि शेयर गर्नुहुन्थ्यो कहिले देशको बिधमान अबस्थामा लेख लेख्नु हुन्थ्यो म लाइक कमेन्ट गर्थे हरेक दिन आफुलाइ यति धेरै माया दर्शाउने मान्छे पाउँदा कहिलेकाही त दिदिकै डाह लाग्थ्यो मेरै मान्छे भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर त्यो मेरो मन भित्र को कल्पना मात्रै थियोे सम्भब थिएन ।
गरिबी सबै भन्दा ठुलो सत्रु रहेछ मिलन को लागि समय र परिस्थिति ले मानिस लाई यसरी परिबन्ध मा पारिदिदो रहेछ कि जुन खोल्नै गाह्रो हुदो रहेछ भेना एकाएक बिदेश जाने निर्णय गर्नु भएछ घर चलाउन गार्‍हो भएछ अनि परिवार लाई छोडेर बिदेश जाने पक्का पक्की भएछ मलाई फोन गरेर सबै कुरा बताउनु भयो मलाई निकै नरमाइलो लाग्यो यति धेरै समाज लाई माया गर्ने मानिस बिदेशीएको पल मलाई त यति धेरै नरमाइलो लाग्यो भने त्याहको मानिस हरुको के हालत भयो होला जसले आफ्नो आशा धरोहर मानिआएका थिए ।
भेना आफुले हजुर लाई कहिल्यै नभुल्ने र हजुरले पनि बिदेश गएर नभुल्नु है भने उहाँ केही भाबुक हुँदै सायद यो जीवन रहे सम्म तिमिलाइ भुल्ने छैन ।
बिदेश पुगेको केही समयमै राम्रो काम भएको तर कमाइ त्यति धेरै नभएको भन्दै मेसेज गर्नु भयो फेरि पनि दिनहुँ पहिला को जस्तै के छ खबर सन्चै छौ? के गर्दै छौ?कता छौ खाना भयो त कस्तो रह्यो आज को दिन मिस यु नानी यी आदि मेसेज हरु निरन्तर आइनै रह्यो दिनहुँ आइ रहने मेसेज ले मलाई यति नजीक बनायो कि एकदिन मेसेज नआउँदा पनि एक महिनै मेसेज नाअएको जस्तो लाग्न थालेको थियो एक दिन मेसेजमा दुई शब्द हरु थपिएर आयो म अचम्मित भए अरु सबै पुरानै थियो मेसेज को अन्तमा आइ लभ यु सो मच काली यो लभ यु र काली मलाई पहिलो पटक आएको थियो उहाँको के सोच ले यो आयो मैले बुझ्न सकिन अब के उत्तर पठाउने भन्दै सबैलाई समेट्ने गरि सेम टु यु लेखिदिए तर उहाँ ले त्यसपछि का हरेक मेसेज मा यी शब्द हरु कहिल्यै छुट्टाउनु भएन मैले पनि कुनै प्रतिबाद गरिन किनकि कसैले धेरै माया गर्छ भने यी शब्द खास कुनै ठुलो गल्ती हो जस्तो लागेन मलाइ ।
मेरो पनि घरमा बिहेको कुरा चल्दै थियो राम्रो खानदानको केटा रे इन्जिनियर रे यस्तै कुरा हुँदै थियो तर म सोचिरहेको थिया कि भिनाजु ले जतिनै माया गर्ने मानिस भए मलाई अरु केही चाहिदैन थियो खानदानी चाहिँ भन्ने बुहारी लाई नोकर जस्तो व्यबहार गर्ने परिवार पनि धेरै देखेको छु यस्तै सोच्दै थिए एक्कासि पृथ्वी हलचल भयो ठुलो भुकम्प गयो ओहो धेरै धनजनको क्षती भयो चारैतिर हाहाकार भयो सबै आफ्नो आफ्नो ज्यान जोगाउन तिर लागे तर अफसोच मेरी दिदी लाई भुकम्प ले लगिछोडओ दैबको लिला कसले के गर्न सक्छ र ? भिनाजु लाई कम्पनी ले बिदा दिएन आउन सक्नु भएन मलाई यति धेरै नरमाइलो भयो कि सायद यो नै जिन्दगी को नरमाइलो को पहिलो क्षण थियो ।
यसको केही समय पछि नै मेरो बिबाह को पक्का भयो मैले भिनाजु लाई मेसेन्जर मार्फत खबर गरे बिबाह मा आउन निम्तो पनि दिए ।भिनाजु ले पनि यसरी रिप्लाई फर्काउनु भयो
प्यारी नानी अनु जीवन मा तिमी सङ को भेट अपुर्ब नै रह्यो तिम्री दिदी लाई दैब ले उठाए पछि यो मन स्थिर छैन जेनतेन तिम्रो मेसेज हेरेर बसिरहेको थिया मलाइ लाग्थ्यो कि तिमिले मलाई धेरै माया गरिरहेको छौ तर होइन सम्मान गरिरहेकी रहिछौ तिम्रो दाम्पत्य  जीवन सुखमय होस तिम्रा हरेक चाहाना हरु खुशी हरु भगवान ले पूरा गरून् ।
ओहो मेसेज हेरेपछि मन एकतमासको भयो केही बोल्नै सकिन हिजो अस्ति आइराख्ने मेसेज पनि बन्द थियो आज झन्डै १ बर्ष भयो न उहाँ को फेसबुक चलेको छ न त कल नै आएको छ केबल छ त म सङ स्मृतिको पानामा त्यहिदिन बस चढाएर हात हलाएर गरिएको बिदाइ आज मन निकैछट्पटी भइरहेको छ कि कतै मैले गल्ती गरेकी कतै मैले बुझाउन सकिन कि कुनै कुनै शब्द हरुमा प्रतिबाद गर्न सकिन कि?आज पनि यिनै प्रश्न हरु अनुत्तरित हुँदै मनमा खेलिरहेका छ्न ।
कथा :- खोसिएका भाग्य  हरु ।

लेखक :-गोबिन्द लामिछाने (अविरल )।
हाल:एशियन टाउन कतार ।

प्रस्तुत कथा पुर्ण रूपमा काल्पनिक हो कसैको जिबन मा मेल खान गएमा संयोग मात्रै हुनेछ ।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.