पुत्री लाभको शुभ अवसरमा परोपकारी कार्य | " सेवा नै धर्म हो "

पुत्री लाभको शुभ अवसरमा परोपकारी कार्य |
            " सेवा नै धर्म हो "  


आज मिति २०७३/११/१४ गतेका दिन सामाजिक परोपकारी मनका धनि चितवन युवा समुह दोहा कतारका महासचिब श्री सुरेश परियार आभास तथा श्री निर्मला खत्री ज्युद्वारा मिति २०७३/११/१२ गतेका दिन सुपुत्री लाभको अवसरमा मानव सेवा आश्रम चितवन भरतपुर १० बाइपास रोडमा एक छाकको खाना खुवाउने कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रममा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी, सचिव राजन घिमिरे , सह-कोषाध्यक्ष श्री साझा राम बि.क.,सदस्यहरु श्री सिता कंडेल, श्री कविता ढकाल, कार्यालय सचिव इन्दिरा सिग्देल लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो |
प्रवासमा रहेरपनि आफ्नो सुखद अवसरमा गृह जिल्ला चितवनको बिकास र समाजमा रहेका असहाय गरीब अशक्त तथा बेसाहाराहरुको लागि सामाजिक परोपकारी कार्यप्रति देखाउनुभएको अतुलनीय कार्यको लागि उहाहरुलाई हृदय देखिनै हार्दिक आभार व्यक्त गर्दै छोरीको सु स्वास्थ्य दीर्घायु सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । साथै आगामी दिनहरु पनि आफ्ना सुखद अवसरहरु यसरीनै सामाजिक परोपकारी कार्य प्रति लगाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध |
मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.