लन्डनमा रक्तदान कार्यक्रम सम्पन्न,
२२ मार्च, Everest Gautam लन्डन
नेपलीज ब्रिटिश कम्यूनिटी यू के ( NBC U.K. ) ले आफ्नो वार्षिक र नियमित कार्यक्रमलाई निरन्तरता दिदै सातौ स्थापना दिवसको अबसरमा ग्रिन फोर्ड टाउनहल इलिंगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बेलायतमा केहि बर्ष यता विभिन्न सामाजीक र कल्याणकारी कार्यक्रमहरू गर्नमा अग्ग्रणी भुमिका खेल्दै आएको उक्त सस्थाले गरेको रक्तदान कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई संस्थाका अध्यक्ष मिलन घिमिरेले हार्दिक धन्यवाद ज्ञापन गर्दै हरेक वर्ष रक्तदान कार्यक्रम लाई निरन्तरता दिने निर्णय गर्नुका साथै, नयॉ बर्ष २०७४ लाई आगामी एप्रिल १५ शनिबारका दिन भव्य रूपमा मनाउने निर्णय गरेको छ।
Post a Comment