बस्ती हस्तान्तरणको लागि ५ दिन मात्र बांकि रहँदा पनि हामीले तपाईहरुको यति मिठो साथ र माया पाईरहेका छौं । यो साथ र माया सधै यसरीनै गरिरहनु होला । झापा जिल्ला बिर्तामोड नगरपालिका ८ घर भएका राम चन्द्र मैनालीले स-परिवार बर्दिवासको मुसहर नमुना मुसहर बस्तीको निर्माण स्थलमै पुगी बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई २० हजार रुपैया सहयोग दिनुभएको छ । उहांहरुको यस सहयोगले हामीलाई निकै खुसी भएका छौं । सहयोगका लागि स-परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।
dhurmussuntali47@gmail.com
9803472476, 9841229912
यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment