गरिब चेपाङ बालिका लाई आफ्नी छोरिको साथिको रुपमा स्विकार्दै पढाईको लागि ५१,०००/- सहयोग||

सृष्टी छोरीलाई जन्मदिनको हर्दिक शुभकामना ! 
जीवनका हरेक उत्सव  यस्तै  परोपकारी र मानवीय भैरहुन ! मनमा सधै शुद्ध  भावना जागोस !! जिन्दगीका   हरेक पथमा सफलता प्रप्तहोस !! तन , मन  सधै  स्वस्थ रहोस  !  इश्वर सधै दाहिना भै  रहुन। भविष्यमा यस्ता पवित्र   कर्मका प्रतापले संसार अझ धेरै शुन्दर देखिन सकोस । फेरी  पनि  जन्मदिनको लाखौ लाखौ  शुभकामना    !
  चितवनको टांडी  घर भै  हाल बेलायत को लन्डन बस्दै  आउनु भएका श्रद्दिया सुबास + मनु  न्यौपाने दम्पतीले  लक्ष्मी प्रतिस्ठानद्वार चितवन जिलको लोथर गविस ९ मा अती सिमान्त्क्रित गरीब चेपाङ बालबालिकाहरुकालागी संचालन  गरिएको कुमार बलराम स्‍मृति छत्रावासमा बस्दै आएका विद्यार्थीहरुको  पठन पठन  दिगो बनाउन संचालित  साथीकालागी साथी कार्यक्रममा समावेश गरिएका मध्य  कक्षा ४ मा अध्यनरत सुजाता  प्रजालाई   आफ्नी छोरीको   साथीको रुपमा  स्वीकार गर्दै तेश्रो बर्षकोलागी आबस्यक रकम रु ५१,०००/ उपलब्ध गराउनु भएको छ। प्रवास मा   रहेर पनि  सदैब   देश भित्र  उपेक्षामा परेका  बालबालिकाहरुको लागि   उहाहरुबाट भएको यो  पवित्र  मानवीय  कर्मले  भोलिका दिनमा  सुजाता को रुपमा   सक्षम  कर्णधार प्राप्त   हुनेछ। लक्ष्मी प्रतिष्ठानका आजिबन  सदस्य समेत  रहनु भएका  श्री न्यौपाने ले  यो भन्दा अगाडी पनि चेपांग घर निर्माण  लगायत  विभिन्न शिर्षकमा सहयोग  गर्दै  आउनु भएको  छ कोमल मनका धनि  श्रद्दीय  न्यौपाने    दम्पति  प्रति   हामी   हर्दिक  आभार गर्दछौ।

बिष्णु गौतम

लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org


Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.