भोजपुर चम्पे, ५ मा जन्मिनुभएका निर्मल आले हाल बैदेशिक रोजगारीका क्रममा साउदी पुग्नुभएको छ । समाज सेवामा रुची राख्ने उहाँले आफ्नो बुवा राजकुमार आले, ममि गीता आले, भाई कुशल आले र दिदिहरु खिमा आले, रेनुका आले र बिष्णु सापकोटाको नाममा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० हजार ४ सय ४० रुपैया सहयोग पठाउनु भएको छ । उहांको यस सहयोगले हामीलाई थप उर्जा थपेको छ । सहयोग प्रति उहांलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छौं । उहांले यसअघिको हाम्रो परियोजना गिरान्चौर एकिकृत नमुना बस्तीका लागि पनि ५० हजार रुपैया सहयोग प्रदान गर्नुभएको थियो ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment