चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालले श्री मोहन मा.बि. भरतपुर - १२ लाई रु. ५१,००० आर्थिक सहयोग

"आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न "

"चितवनको बिकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना" भन्ने मूल नारा सहित अगाडी बढेको चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालले श्री मोहन मा.बि. भरतपुर - १२ लाई रु. ५१,००० आर्थिक सहयोग गर्दै  शैक्षिक  क्षेत्रमा पनि आफ्नो पहिचान बढाउन थालेको छ |

बिद्यालयको भवननिर्माण, स्तरवृद्धि, आध्यात्मिक तथा नैतिक सुसंस्कारयुक्त बातावरणकायम, प्राबिधिक र गुणस्तरीय शिक्षा, श्रब्य-दृश्य माध्यमबाट अध्यापन गर्ने उदेश्यले यहि वैशाख १ गते देखि ८ गतेसम्म  संचालित श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञमा सस्थाका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्युले सो रकम हस्तान्तरण गर्नुभएको थियो |

प्रवासमा रहनुभइ गृह जिल्ला चितवनको सामाजिक बिकास र परोपकारी कार्यमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ |
अध्यक्ष
मुक्तिप्रसाद अधिकारी
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.