धेरै धेरै धन्यबाद आदरणीय परोपकारी सुमित्रा कार्की (मिसु)ज्यूलाई
जन्मदिनमा सहयोगापेक्षी व्यक्तिहरुको सेवा .......
८ बैशाख २०७४/ मानवसेवा आश्रम काठमाडौं
.............................................................
विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको काठमाडौं शाखामा काठमाडौं पेप्सीकोला निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी सुमित्रा कार्की (मिसु)ज्यूले दिउँसोको खाजा खुवाउनुभएको छ ।
मानवसेवा आश्रमका सहयोगी तथा मानवताप्रेमी व्यक्तित्व आदरणीय नयन डि.सी.ज्यूको साथमा आश्रममा आई दिउँसोभो खाजा खुवाउनुभएको हो ।
जन्मदिनको अवसरमा आश्रमका गरिमा लक्ष्मीनारायणहरुको सेवामा आफूलाई समर्पित गर्नुहुने आदरणी सुमित्राज्यूप्रति हार्दिक आभार तथा सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोेत्तर प्रगतीको कामना ।
थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४
Post a Comment