कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, सुवेदी भन्छन्, ‘अवसर पाए टेलिसिरियल खेल्छु’

कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, सुवेदी भन्छन्, ‘अवसर पाए टेलिसिरियल खेल्छु’

काठमाडौं । कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न नसके पनि नेपाली कलाकारहरु पछिल्लो समयमा बढिरहेको कलाप्रतिको आकर्षणले निकै उत्साहित देखिएका छन् ।
स्वदेशमा साथै विदेशमा नेपाली कलाकारले सिर्जना गरेका कलाकृतिहरुको माग बढेका कारण पनि विगत केही वर्षयता कलाकारिताप्रति नेपालीहरुको आकर्षण बढेको छ ।

भारत बङगलादेशलगायतका विदेशी राष्ट्रहरुले कलाकारिताको विकासलाई उच्च प्राथमिकतामा राखेको कुरालाई नेपालमा गम्भीरताका साथ लिँदै कलाको विकासका लागि लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको कलाकारहरुको भनाइ छ ।
पछिल्लो समयमा नेपाली कलाकारिता क्षेत्रमा भविष्य रहेको भन्दै यस क्षेत्रमा नयाँ–नयाँ अनुहार देखा पर्न थालेका छन् । यसको एउटा ज्वलन्त उदहारण हो पर्वत घर भई हाल विदेश रहेका शंकर सुवेदीको ।
‘मलाई विदेशमा भन्दा अब नेपालमै म्यूजिक भिडियो खेल्ने ठूलो रहर छ र चान्स पाए टेलिसिरीयलमा पनि जान्छु’ उनी भन्छन्, ‘मलाई कलाकारीता एकदमै मनपर्ने क्षेत्र हो । पैसा भन्दा पनि म सधैं नामको पछि दौडन्छु ।’

उनले कलाकारिता क्षेत्रमा दुःख छ । तर, खुसी मनले यो क्षेत्रमा लाग्यो भने दुःखको अनुभव पनि नहुने बताए ।
‘जीवन सुखी र खुसी हुँदैन आफूभित्र रोए पनि बाहिर हँसाउदै हिँड्नुपर्छ, तर मेरो जीवनमा खुसी भन्दापनि मैले जनतालाई हसाउन पाँउ म आफै खुसी हुन्छु,’ उनले भने, ‘मैले मेरो नाम आउँछ कि भनेर मैले मेरो एक दुई ओटा कमेडी भिडियो बनाएको पनि छु । सबैतिरबाट राम्रो कमेन्ट पाएको छु । त्यसैले अहिले मेरो रोजाई भनेको कलाकारिता क्षेत्र नै हो ।’

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.