एकै साथ छ जनालाई सडक बाट उद्धार।।।

एकै साथ छ जना सडक मानवहरु को उद्धार।।।
मानवसेवा आश्रम भरतपुर-१० बाईपास रोड (आँखा अस्पताल नजिक)- ०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९
...................................................
विभिन्न कारणहरु बाट मानसिक सन्तुलन गुमाएका मानवहरु जो आफ्नै परिवारहरुबाट पनि परत्यक्त भई सडक सम्मको यात्रा गर्दै सडकका पेटिमा कष्टकर जीवन यापन गर्दै के खान हुन्छ वा हुदैन, के गर्न हुन्छ वा हुदैन भन्ने सम्मको पनि ख्याल नभएका मानवहरुको सेवामा जुट्दै आई रहेको मानवसेवा आश्रममा केहि दिन अगाडि नवलपरासीको सडकपेटिमा मानसिक सन्तुलन गुमाएर कष्टकर् जीवनयापन गरिरहेका मानवहरुलाई उद्धार गरी मानवसेवा आश्रममा ल्याईएको छ। उक्त कार्य ईलाका प्रहरी कार्यालय नवलपरासी तथा साझा पाटि चितवन परिवारहरुको नेतृत्वमा सम्पन्न भएको थियो। मानविय कार्यका लागी साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई मानवसेवा आश्रमको तर्फबाट धेरै- धैरै साधुबाद।
नोटः ( हाम्रो चाहाना भनेको कुनै पनि ब्यक्ति एक छाक खान नपाएर र एक सरो लुगा लगाउन नपाएर सडकका पेटिमा कष्टकर जीवनयान गर्न नपरोस्)
आउनुहोस् यस मानविय कार्यमा तपाई हामी सम्पुर्णले सकेको सहयोग गरौ आफू पनि बाचौ र अरुलाई पनि बचाऔ।।
धन्यबाद।।।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.