" आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न "
आज मिति २०७४ वैशाख ८ गतेका दिन चितवन सेवा समाज बहराइनको सहयोगमा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालद्वारा गोहीको आक्रमणमा परेका जगतपुर २३ घैलाघारीका १३ बर्षिया बालकलाई रु ३५,५०० आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो |
पिडितको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारको लागि समस्या परेकोले पत्रकार नारायण ढुंगानाको पहलमा बिभिन्न संघ सस्था लगायत समाजसेवीहरु सम्पूर्णलाई सहयोगको लागि हार्दिक अपिल गरिएको थियो |
सोहि अनुसार नेपालको चितवन जिल्लाबाट रोजगारी गरिरहेका चितवनवासीहरुको सामाजिक सस्था चितवन सेवा समाज बहराइनले सामाजिक परोपकारी सहयोग गर्दै चितवनको बिकास र समाजमा रहेका दिनदुखी असहाय गरीब अशक्तहरुको सेवा गरीरहेको सबैमा जानकारी नै छ | मातृभूमि नेपाल र गृह जिल्ला चितवनमा बिभिन्न सामाजिक परोपकारी कार्यहरु गर्दै समाजमा प्रशंसनीय पात्र बनेको चितवन सेवा समाज बहराइन यस पटक पनि आफ्नो परोपकारी कार्यबाट टाढा रहन सकेन |
अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी, कोषाध्यक्ष श्री सिता ढकाल, सह-कोषाध्यक्ष श्री सझाराम बि.क को उपस्थिति रहेको सो कार्यक्रममा बिरामीका परिवारलाई सो आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो |
सामाजिक परोपकारी गतिबिधिमा सदा अग्र स्थानमा रहन सफल चितवन सेवा समाज बहराइनले गृह जिल्ला चितवनको सामाजिक बिकासमा काँधमा काँध मिलाएर सहकार्य सद्भाव र समन्वय गर्दै संसारभरका चितवनवासीहरूको साझा सस्था चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिमा आवद्द रहदै समाजीक र परोपकारी गतिबिधि अगाडी बढाउन उदाहरणीय कार्य गरेको छ , हामी चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समिति नेपाल सपरिवारको तर्फ देखि हार्दिक धन्यवाद सहित आगामी दिनहरुमा पनि सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने छ भन्ने शुभ कामना व्यक्त गर्दछौ ।
अध्यक्ष
मुक्तिप्रसाद अधिकारी
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |
Post a Comment