अब हुने चुनावमा युवा पुस्तालाई कुनै पनि हालतमा जिताउनु हुन्न,फेरी देश बिकाश भयो भने त बर्बाद हुन्छ||- कुमार कट्टेल जिग्री

अब हुने चुनावमा  पार्टी नहेरी हाम्रा हैन राम्रा
भिजन भएका युवा पुस्तालाई कुनै पनि हालतमा जिताउनु हुन्न,किनकी यहाँ रोजगार सिर्जना हुन सक्छ
बैदेशिका रोजगार घट्न सक्छ,पढ्न नपाएका नेपाली हरुले पढ्न पाउन सक्छन,औषधिको अभावमा मर्नु पर्ने नेपालिहरुले निशुल्क औषधी पाउन सक्छन,सफा र हराभरा नेपाल बन्नसक्छ,फ्लाई ओवर र सुरुङ मार्गसहितका सफा र फराकिला बाटाहरु बन्न सक्छन्
विश्वस्तरिय रङ्गशाला र एयरपोर्ट बन्न सक्छन्
ट्रलिबस सेवा र रेलसेवा शुरु हुन सक्छ,प्लानिङ सहितका टुरिजम सिटी तथा बस्ती हरु बन्न सक्छन
मुख्य कुरो त फ्याट्ट नेपाल बिकाश हुन सक्छ
तेही भएर टाउको फुटाएर हुन्छ कि, जुलुसमा हिडेर हुन्छ कि,टायर बालेर हुन्छ कि, नेपाल बन्द गरेर हुन्छ
जे गरेर भएपनी यि नै भिजन नभएका पुराना बुढा रोगि
नेतालाई जिताउनु पर्छ   ,फेरी देश बिकाश भयो भने त बर्बाद हुन्छ।

- कुमार कट्टेल जिग्री


जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैतृ र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.