मानवसेवा आश्रम - गोरखाको सेवा कार्यलाई जन्म दिनको खुसीमा रू. ३३,४६२ स-प्रेम अर्पण !

...................................................
१० बैशाख, २०७४ - आईतबार @ Manavsewa Ashram Gorkha Branch
गोरखा थुमी, स्वारा स्थायी घर भई हाल दोहा कतारमा रहनु हुने परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय जानु थापा मगरज्यूले भोली बैशाख ११ गते परेको जन्म दिनको पावन अवसरमा मानवसेवा आश्रम - गोरखाको सेवा कार्यलाई रू. ३३,४६२।- स-प्रेम अर्पण गर्नु भएको छ।
गोरखा सेवा समाज कतारको सह - सचिवको कर्तव्य समेत निर्वाह गर्दै आईरहनु हुने उदारमना जानु थाप मगरज्यूलाई मानवीय सेवाको कार्यमा अगाडी बढिरहेको मानवसेवा आश्रम - गोरखा शाखाको सेवा कार्यमा सहयोगी हात बढाई हामी अभियन्ताहरूमा भर्नु भएको उत्साह र उमङको लागि धेरैधेरै साधुवाद एंव जन्म दिनको पावन अवसरमा सुख, शान्ती, प्रगती, सु - स्वास्थ, दिर्घायूको हार्दीक मंगलमय शुभ भावना !
आजको मितिमा मानवसेवा आश्रम - गोरखा शाखा मा विभिन्न उमेर समूहका १६ जाना बालगोपाल बाबुनानीहरू - ७ जाना विभिन्न उमेर समूहका आमाबुबा दाजुभाई दिदी बहिनीहरू (लक्ष्मीनारायण) ले आश्रमको गरिमा बढाई रहनु भएको छ।

....................................................
मानवसेवा आश्रम - गोरखाको बारेमा थप जानकारीको लागि : ०६४ - ४२०६९४,९८५५०७६००६,९८५५०७६००१
मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७-५२७३९४,९८५५०७६००२,९८५५०७६००१
दोहा कतारमा रहेर कलाकारिता क्षेत्रमा पनि अगाडि बढिरहनुभयकी जानू थापा मगरका केही तस्बीर हरु:
Post a Comment