अनाथ बालबालिकाहरुलाई थप भवन निर्माणको लागी रुपन्देही सेवा समाज इजरायलले रु. १,०७,५७५/- (एकलाख सातहजार पाँचसय पचहत्तर) सहयोग
देश बिदेशमा रहनुहुने संपूर्ण नेपाली आमा , बुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा " रुपन्देही सेवा समाज इजरायल " परिवारको तर्फबाट नमस्कार टक्र्याउन चहान्छौ।
रुपन्देही जिल्लामा अस्थायी तथा स्थायी घरभै हाल इजरायलमा रोजगारी तथा शैक्षिक क्षेत्र हुनुहुने संपूर्ण दाजुभाइ तथा दिदिबहिनीहरु मिलेर रुपन्देही जिल्लाको असाय, अनाथ, दुखी ,गरिब, अशक्त तथा समाजिक उन्नतिको लागि केही सहयोग गर्ने उदेस्यकासाथ आफुहरुले यस बिदेशी भुमिमा आर्जन गरेको रकमबाट प्रत्येक महिना केही रकम र अरु विभिन्न संस्कृतिक, मनोरञ्जनत्मक कार्यक्रम गरि जम्मा गरेको रकम बिगत केही बर्ष देखि सहयोग गर्दै आएको अवगत गराउन चहान्छौ।
आजपनी रुपन्देही जिल्ला सैना मैना नगर पालिका वार्ड नम्बर १ बनकट्टामा संचालित ( अभियान नेपाल बालगृह) नामक गैरसरकारी संस्थाले बिगत केही बर्ष देखि अनाथ बालबालिकाहरुको संरक्षणकोलागी बालगृह संचालन गर्दै आइरहेको र हाल बालबालिकाहरुकोलागी आवास गृह थप गर्नु पर्ने भएकालेे रुपन्देही सेवा समाज इजरायललाई यो महान काममा सहयोगको लागि अनुरोध गरेको हुदा, सो सिफारिसको आधारमा रु 107575/- एक लाख सात हजार पाँच सय पचहत्तर मात्र सहयोग गरेका छौ।
अभियान नेपाल बालगृह बाट रुपन्देही सेवा समाजलाई सहयोगको लागि गरेको सिफारिस पत्र तथा आजको सहयोग कार्यक्रमको झलक पेस गरेको छु,छौ ।
नारायण पोख्रेल
महासचिव
रुपन्देही सेवा समाज इजरायल
Post a Comment