आमाको पुण्यतिथीको अवसरमा स-प्रेम खाद्यान्न सहयोग:मानवसेवालाई|

"पुण्यतिथीको प्रेम मानवसेवालाई"
@Manavsewa Ashram Gorkha Branch
सम्पर्क:- ०६४-४२०६९४,९८५५०७६००६

२०७४/०२/१६ गतेका दिन गो.न.पा.- ७,धारापानी निवासी उदारमना परोपकारी अादरनीय श्री देवमाया श्रेष्ठ(कान्छी दिदी) तारादेवी श्रेष्ठ, चाइना श्रेष्ठ तथा छोरा विरेन्द्र कुमार श्रेष्ठ ज्यूले मानवसेवा अाश्रमको सेवालाई थप सरल अनि सहज बनाउने अभिष्ट राखी स्व.अामा ईन्द्रकुमारी श्रेष्ठ ज्यूको पुण्यतिथीको अवसरमा अाश्रमलाई सहयोग स्वरुप दैनिकी खाद्यान्न (चामल- १ बोरा=२५ किलो, नुन- २ किलो, तेल- १ लिटर, दाल- १ किलो, अालु- ५ किलो, बिस्कुट- ६ प्याकेज, चियापत्ती- १४० ग्राम, भुजिया- २ प्याकेज, भाँडाधुने साबुन- ४ पिस, दही- १ लिटर, केरा- १ दर्जन १/२  स-प्रेम अर्पण गर्नुभएको छ ।
हाल मानवसेवा अाश्रम गोरखा शाखामा ३ जना लक्ष्मीनारायण तथा १६ जना बालगोपालहरुले अाश्रमको गरिमा बढाइरहनु भएको छ ।
मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना परोपकारी श्री देवमाया श्रेष्ठ ज्यू लगायत सम्पूर्ण श्रेष्ठ परिवारलाई धेरैधेरै साधुवाद एंव  सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रत्येकप्रत्येकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नामबाट विश्व मानचित्रमा परिचय गराउने।)

धन्यवाद !

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.