सुबी एण्ड समा छोरीहरुलाई जन्मदिनको हर्दिक शुभकामना !
मनमा सधै शुद्ध भावना जागोस !! जीवनका हरेक उत्सव यस्तै परोपकारी र मानवीय भैरहुन ! जिन्दगीका हरेक पथमा सफलता प्रप्तहोस !! तन ,मन सधै स्वस्थ रहोस ! इश्वर सधै दाहिना भै रहुन।भविष्यमा तपाईहरुका कर्मका प्रतापले संसार अझ धेरै शुन्दर देखिन सकोस । जन्मदिनको लाखौ शुभकामना छोरीहरुलाई !
सुवी छोरीको मे ३ मा र सम छोरीको मे ११ मा परेको शुभ जन्मोत्सवको अबसरमा लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत चेपांग बालबालिकाहरुलाई शिक्षामा पहुँच गराउन हेतु चितवन जिल्लाको कांदा मा संचालित कुमार बलराम स्मृति छात्रावास मा बस्दै आएका बालबालिकाहरुकालागी अमेरिकाको भर्जिनिया बस्नुहुने श्रद्दिय कमल भुसाल, परिवार बाट $ २०० उपलब्ध भएको छ भएको छ। लक्ष्मी प्रतिष्ठानका आजिबन सदस्य समेत रहनु भएका श्री कमल भुसाल तथा देबी न्यौपाने दम्पतीले आफ्नी छोरीहरुको जन्म दिनको अबसरमा उक्त रकम उपलब्ध गराउनु भएको हो । यसरी प्रवासमा रहदा पनि आफ्नो देश भित्र उपेक्षामा परेका बर्गको हितकालागी आफु संग जोडिएका उत्सवलाई पर्रोपकारी बनाउनुहुने श्रद्दिय भुसाल परिवार प्रति संम्मान सहित हार्दिक धन्यवाद टक्र्याउदछौ। सधैभरि सुखले खान पुगोस ,कुसिले दिन पुगोस !
अमेरिका बस्नुहुने श्रद्दिय कमल भुसाल,परिवार बाट छोरिको जन्मदिनको अवसरमा गरिब चेपाङ बालबालिकाको लागि $२०० सहयोग||
बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान www.laxmipratisthan.org
Post a Comment