कतार बाट राम प्रसाद पराजुलीजीले हेटौडा स्थित चिल्ड्रेनपार्कमा पव्लिक लाईव्रेरीका लागि रु. पाँचहजार सहयोग||पुस्तकालयमा एकपटक निरीक्षण गरेर अत्यावशयक समानहरुको सहयोगका लागि पनि अपिल गर्दछौ ।
कोटी कोटी आभार छ राम प्रसाद पराजुलीजी ।
हाल कतार लाई कार्यक्षेत्र बनाएर जीवनका बसन्तहरुलाई साटिरहनु हुने सेवाप्रेमी,मनकारी एवम् मानवियताका हिमायति राम प्रसाद पराजुली प्रति आभार व्यक्त गर्न चाहन्छु । जस्तो नाम पनि राम, कर्म पनि उस्तै भएको पाँए । तपाईले हाम्रो आग्रहलाई आत्मसाथ गर्दे हाल हेटौडा स्थित चिल्ड्रेनपार्कमा पव्लिक लाईव्रेरीका लागि रु पाँचहजार सहयोग गरेर हामी सबैलाई उंमग र प्रेरणा प्रदान गर्नू भएकोमा अत्यन्त आभारी छौ । किताप पढने, दुखसुख साटने संस्कार हराउदै गइरहेको अवस्थामा पुनः त्यो अध्ययन गर्ने संस्कृतिलाई जागृत गरौ भन्ने भावले ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र र स्थानियहरुको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्न गइरहेका छौ । नेपाल जर्निद्धारा निर्माणधिन उक्त पुस्तकालयमा सबैको स सानो सहयोग सबैलाई हाम्रो पुस्तकालय हो भन्ने भाव जागृत गर्ने सोच बनाएका छौ ।
सम्पूर्ण महानुभावहरुलाई यस निर्माणधिन पुस्तकालयमा एकपटक निरीक्षण गरेर अत्यावशयक समानहरुको सहयोगका लागि पनि अपिल गर्दछौ ।
आवश्यक सम्पर्कका लागिः
विजय राज सिग्देल : ९८५५०६००८७ , हेटौडा
Post a Comment