कपन निवासी आदरणीय रन्जु लम्सालज्यूले आफ्नो जन्मदिनको अवसरमा आश्रमका बुवाआमालाई स-प्रेम भोजनसेवा

जन्मदिनमा आश्रमको गरिमा लक्ष्मीनारायणहरुको लागि भोजनसेवा
मानवसेवा आश्रम काठामाडौं
.......................................
मानवसेवा आश्रमको सेवा कार्यलाई नजिकबाट नियालीरहनुभएका काठमाडौं कपन निवासी आदरणीय रन्जु लम्सालज्यूले आफ्नो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि एकछाक भोजनसेवा गराउनुभएको छ ।
श्रीमान् ऋषीकेश पौडेलज्यू, भाई राजन लम्साल, बहिनी सम्झना लम्साल तथा ज्वाई मिलन न्यौपानेज्यू एवं छोरी आरध्या पौडेलज्यूको साथमा आश्रममा सेवा लिइरहनुभएका सहयोगापेक्षी व्यक्तिहरुको लागि भोजन गराउनुभएको हो ।
यस मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी तथा मनकारी श्री रन्जु लम्सालज्यू, लगाएत सम्पुर्ण परिवारमा सु–स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना ।
सेवा संयोजनमा महत्वपुर्ण भूमिका निर्भाह गरिदिनुहुने आदरणीय परोपकारी व्यक्तित्व, मानवसेवा आश्रमका अभिभावक आदरणीय अनिल धरेलज्यूप्रति हार्दिक आभार तथा सादर नमन् । कार्यक्रममा उपस्थित भई उत्प्रेरणा प्रदान गरिदिनुहुने समाजसेवी आदरणीय अशोक गुप्ताज्यूप्रति विशेष आभार ।

भोजनसेवा बारे थप जानकारीको लागि :
मुख्य कार्यालय स् मकवानपुर हेटौंडा
सम्पर्क स् ०१४३५७५६३, ९८५५०७६००१, ९८५५०७६००२
शाखा कार्यालयः काठमाडौं २९, गोगंबु आवास क्षेत्र, सामाखुशी
सम्पर्क स् ०१४३५७५६३, ९८५५०७६००४
हाम्रा अन्य शाखाहरु :
चितवन स् ९८५५०७६००३, ललितपुर स् ९८५५०७६००५, गोरखा :९८५५०७६००६, लमजुङ : ९८५५०७६००७, वीरगञ्ज : ९८५५०७६००८ बागलुङ्ग/पोखरा : ९८५५०७६००९

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.