मानवसेवा आश्रम बिरगंज शाखामा एक जना नारायणको उद्धार गरि सेवा शुभारम्भ

मानवसेवा आश्रम बिरगंज शाखामा एक जना नारायणको उद्धार गरि  सेवा शुभारम्भ
……………………………………………………………………….
बिगत लामो मेहनत र परिश्रम प्रश्चात मानवसेवा आश्रम बिरगंज शाखामा  आज सारा नेपालीहरुले खुसी खुसीको साथले गणतन्त्र दिवस मनाई रहेको अवसरमा कोहि पनि मान्छेहरु  मानसिक रुपमा विछिप्त भई  दु:खपुर्ण  जिवनयापन  सडकपेटिमा गर्नु नपरोस भन्ने अभिष्टले    जनकपुरदेखि पुर्व मेसुले एम्बुलेन्समा राखि वेवारिसे अवस्थामा उपाचारको लागि पठाईदिएको र नारायणी अस्पतालमा केहि दिनको उपचार पछि सडकपेटिमा छोडिएका नाम शंकर बताउने अन्दाजी ३२ वर्षका दाईलाई आश्रमका शुभेच्छुक, सहयोगी, अभिभावक र आश्रमका अभियन्ता र साधक साधिकाले उद्धार गरि १ महिना उपचारदेखी उपचार गराई रहेको दाईलाई आज आश्रमका अभिभावक तथा  पर्सा जिल्ला प्रमुख जिल्ला अधिकारी आदरणिय  केशवराज घिमिरेज्यु,  परोपकारी,मानवताप्रेमी आश्रमका आदरणिय अभिभावाकज्युहरु, पर्सा जिल्लाका  परोपकारी  आदरणिय पत्रकारज्युहरु  अस्पतालका  आदरणिय डाक्टर,नर्स  तथा आश्रमका शुभेच्छुक,सहयोगी,उदारमनाज्युहरुको गरिमामय उपस्थितीमा दाईलाई  उद्धार गरि सेवाको लागि मानवसेवा आश्रम बिरगंज शाखामा लेराईएको छ।
मानविय सेवाको कार्यमा सहयोगी हात बटाउनु हुने सम्पुर्ण आदरणिय मानवताप्रेमी उदारमनाज्युहरुलाई धेरै-धेरै साधुवाद एंव सुख,शान्ति ,समृद्धी,र सफलताको धेरै शुभ-भावना

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.