माया लोप्चन तामाङ ज्युद्वारा रसुवाका बिकट गाउँका असाहाय बालाबालिका हरुलाई रु.११,०००/- सहयोग|

माया लोप्चन तामाङ ज्युद्वारा रसुवाका बिकट गाउँका असाहाय बालाबालिका हरुलाई रु.११,०००/- सहयोग|

रसुवा जिल्लाका  बिकट गाउँहरुका असाहाय बालबालिका लाई श्री सक्षम समाज नेपाल नामक संस्थाले आश्रय दिंदै आयको छ।

[साङमु थोकर तामाङ]
"भनिन्छन् सेवा गरे मेवा मिल्छ " यसै भनाइलाई आधार मानेर केही असहाय बालबालिकाहरुको लागि सक्दो सहयोग गरेको छु र साथ साथमा मेरो भनाइलाई स्विकार्दै मलाई हौसला दिएर सहयोग गरिदिने दिदिबहिनीहरु लाई पनि हृदय देखि नै धन्यवाद दिन चहान्छु मेरो तर्फबाट । आदरणीय दिदीबहिनीहरु तपाईं हरुको साथ र सहयोगले गर्दा नै मैले यी असहाय बालबालिकाहरुहरुको लागि उठाएको आर्थिक संकलन अभियान केही मात्रामा भए पनि सफल भएको छु । र तपाईं हाम्रो सानो सहयोगले यी सा- साना कलिला  मुनाहरुको भबिस्यमा केहि राहत मिलोस्  यहीँ नै हामी आमाको भुमिका हो । हर आमाहरुले आफ्नो सन्तान छोराछोरीहरु सफल भएकै देख्न चहान्छन हो हामीहरुले पनि त्यहीँ आमाको भुमिका निभाएको महशुस गरेर सन्तानहरुको भविस्यको कामना गरौं । तपाईंहरुले म प्रती देखाउनु भएको  सहानुभूति  बिश्वासलाई मैले नसम्झीकन बस्न सकिएन त्यसैले म मेरो दिदिबहिनीहरुको नाम फोटो सहित मैले मेरो मनको भावहरु, सब्दामा कोरेकी छु धन्यवाद ।
   आज सक्षम समाज नेपाल संस्था मर्फत गरिब असहाय बालबालिकाहरुको लागि हामी दिदिबहिनीहरुले जम्मा गरेर पठाएको रकम :-
१, माया लोप्चन तामाङ  : ने. रु.११,०००/
२, माया थिङ तामाङ  :- ने. रु.११,०००/
३, सरु  लोप्चन तामाङ  :- ने. रु. ११,०००/
४, पासाङ स्याङ्वा तामाङ  :- ने. रु.५०००/
५, रोजि मोक्तान तामाङ  :- ने. रु. ११,०००/
६, साङमु थोकर तामाङ :-ने.रु.३२,०००/

जम्मा रकम :- ८१,०००/ एकासी हजार रुपैयाँ ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.