Nbr समूह द्वारा स्याङ्जाका २२ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री,स्कुल ब्याग र स्कुल पोसाक एक कार्यक्रम बिच हस्तान्तरण||हेर्नुहोस सुन्दर तस्बीर हरु||

Nbr समूह द्वारा स्याङ्जाका २२ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री,स्कुल ब्याग र स्कुल पोसाक एक कार्यक्रम बिच हस्तान्तरण||हेर्नुहोस सुन्दर तस्बीर हरु||
education is the key of development...

सरिता गुरुङ

पुतलीबजार न.पा.१३ ,ठुलाचौर स्याङ्जा स्थित श्री वि.पी.स्मृती प्राथमिक विद्यालय का २२ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री,स्कुल ब्याग र स्कुल पोसाक एक कार्यक्रम बिच हस्तान्तरण गरियो।
nbr समुहका पोखरा प्रतिनिधि सुरज श्रेष्ठको अभियान रहेको यस कार्यक्रमलाई स्वदेश तथा बिदेशबाट आर्थिक साथै जिन्सि सहयोग प्राप्त भएको कुरा अभियानकर्ता सुरज श्रेष्ठले जानकारि दिनु भएको छ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्लिराम न्याैपाने ज्युको सभापतित्वमा सम्पन्न भएको साे कार्यक्रममा अभिभावकका तर्फबाट रेस बहादुर रोक्का बोल्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षिका लक्ष्मि राेका दिनु भएको थियो।यसै गरि अभियान कर्ता सुरज श्रेष्ठले कार्यक्रम बारे साभार र nbr समूह बाट नवीन खाति ज्युले nbr समूह बारे प्रकाश पारेका थिए।
गुणस्तरीय शिक्षा,समान पहुँचको आवस्यकता भन्ने मुल नाराका साथ संचालन गरिएको यश अभियान स्वदेश तथा बिदेशमा रहेका nbr समुहका सदस्यहरु साथै सहयोगी दाताहरु मार्फत पनि सहयोग प्राप्त भएको छ।यसै अभियानलाई आर्थिक सहयोग संकलनका लागि भनि सामाजिक अभियानकर्ता सरिता गुरुङ द्वारा एक दिने पदयात्रा कार्यक्रम गरिएको थियो।पदयात्राका क्रममा रु ७,५०० संकलन गरिएको थियो।त्यसै गरि स्कुल झोला हिमचन्द्र प्रा.लि,साथै moving mountain school bag,प्रेमा शर्मा,बिनोद र कोरियाबाट(शैक्षिक सामाग्री तथा साबुनहरु) सौजन्य गराउनु भएको थियो।

कार्यक्रम संचालन भने साेहि स्कुलका शिक्षक तेज बहादुर पाैडेल ले गर्नु भएको थोयो।३०जना nbr समुहका प्रतिनिधिहरु लगायत गाउका स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहयोगिदाताहरुलाई पाल्पालि खादाले सम्मान गरिएको थियो।सहयोग प्राप्त गरे पछि बालबालिका साथै अभिभावकहरु निकै हर्षित भएका थिए

pic by sarita gurung

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.