जन्मदिनकाे शुखद अवसरमा आश्रमको एकदिनभरीको अभिभावकीय जिम्मेवारी निर्वाह गरिदिनुहुने परोपकारी दिदी ज्ञानु आले थापाज्यूप्रती विशेष आभार,
मानवसेवा आश्रम काठमाडौं
.....................................
स्थाई घर ललितपुर थसीखेल भई हाल ईज्राएलमा रहदै आउनुभएकी आदरणीय परोपकारी एवं मनकारी श्री ज्ञानु आले थापाज्यूले मानवसेवा आश्रम काठमाडौंको एकदिनको अभिभावकीय जिम्मेवारी बहन गर्नुभएको छ ।
उहाँले एकदिनभरीको चार छाक भोजन एवं अन्य व्यवस्थापकीय खर्च सहित रु.२०,०००/- आश्रमको सेवा कार्यलाई सहज बनाउन सहयाेग गर्नुभएको हो ।
ममतामयी आमा जमुना आलेज्यू एवं दुल माया पुनज्यूले आश्रममा उपस्थित भई भोजन वितरण गर्नुुभएको हो ।
मानवसेवा आश्रमले सडककिनाराहरु एवं सार्वजनीक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्दै आईरहेको छ ।
मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी श्री ज्ञानु आले थापाज्यूप्रती विशेष आभार एवं जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य, दिर्घायू, एवं उत्तरोत्तर प्रगतीको लागि शुभ भावना ।
भोजनसेवा बारे थप जानकारीको लागि :
०१४३५७५६३, ९८५५०७६००४
Post a Comment